नयाँ पुस्ताका उम्दा गजलकार कमल संघर्षले खस भाषाबाट गजलको उठान

लेकका काफल सम्झ्या बेला

औलका आम सम्झ्या बेला

नेपालगञ्ज लेकका काफल सम्झ्या बेला

औलका आम सम्झ्या बेला

पहाड बाइजाउँ सुत्ता छौ कि तराइको घाम सम्झ्या बेला

नेपालगञ्जमा गर्मि बढ्नै लाग्दा नयाँ पुस्ताका उम्दा गजलकार कमल संघर्षले खस भाषाबाट गजलको उठान गरे । बसाइसराइको लहड र बसाइसराइपछिको यथार्थतालाई चित्रण गरेको उक्त गजलले सुदुर र कर्णालीबाट नेपालगञ्ज बस्दै गरेका युवाहरुको मन जित्यो र हल गुञ्जायमान बन्यो । बास नेपालको आयोजनामा चैत्र २ गते नेपालगञ्जमा सम्पन्न ईन्सपाईरिंग युथाको ३३२ औं श्रृंखलामामा प्रश्तुत भएका कमल संघर्षले सबैको मन जिते । देशको जल्दोबल्दो समसामयिक परिवेशमाथि कटाक्ष गर्दै उनले भने – तिमी बन्दुक चलाएर पनि निर्दोश अनि म हत्यारा ढुङ्गा हिर्काएर ? आम जिन्दगीको कस्टकर जीवनयापन र समाजको देखावटी आचरणको उठान उनले अर्काे गजलमा यसरी सुनाए ः– सुदूर कर्नालीका लासहरू हुन् स्टेचरमा बोकिने हेलिकप्टर त सरकारलाई केक बोकेर हिँड्छ सुदूर कर्णालीको बाध्यात्मक अवस्था र राज्य सत्ताको विलासिपनलाई चित्रण गरेको उनको गजलले निकै चर्चा पायो । यसा मिडियाकी क्या मिडिया भन्ना केइ हुनेहोकी निकालदिउँ भिडिया भन्ना देशको चौथो अङ्ग सञ्चार क्षेत्रबाट मौलाइरहेको विकृतीलाई व्यङ्ग्य गर्दा हलमा रहेका सुदुरपश्चिमेलीहरुले तालि ठोके । तालिकै गडगडाहड बिचमा कमलले सुदुरपश्चिमकै डर लाग्दो भासु भिर बारे उनले गरेकोे टिप्पणी यस्तो रह्यो ः– गह्रंगो बनाएर छाति भासुको भिर माथि अहो यो सपनाको ताँति भासुको भिर माथि । भासुमै खसेर बितेका हुन् हजुरबुवा पनि कठै ! दैनौँ आज नाती भासुको भिडमाथि राज्यको अरवौं सकेर भ्यु टावर बनाउने शासकहरुलाई उनले यसरी व्यंग्य गरे ः– देखिएला तिम्रै काठमाण्डौं देखिएला मेरा अछाम देखिदैन धरहराबाट सरकारको मनपरीबाट आजित भएका नागरिकका तर्फबाट उनले यसरी तितो पोखे ः रक्त मात्तिएको बाघ जसो सरकार जैका हडामा पन पसि लाग्न लाग्यो नेपालगञ्जको बहु धार्मिक, सांस्कृतिक परिवेश र यो समाजमा भाइचारा कायम गर्न उत्प्रेरित गर्ने भाव सहितको कमलको अर्काे शेरल थप स्यावासि पायो । उसलाई पनि लाग्छ घण्टिको आवाज आहा ! मेरो झन् मन्दिरबाटै सुनिन्छ नमाज आहा ! करिव सवा घण्टा गजलमा प्रश्तुत भएका संघर्षले गजल बिट मार्दै गर्दा यसरी बिट मारे ः एउटै आशा हुँदा रहेद्ध एक्लो मान्छेलाई कसले हात हल्लाई देला जाने बेलामा । दर्जनौ गजल सुनाएका कमल संघर्षको गजल बाचन कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेका थिए । कार्यक्रममा १५० बढिकोे उपस्थिती रहेको थियो । साहित्यकार तथा बिभिन्न संघ, संस्था लगायतका व्यक्तिहरुको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत सहित उद्धेश्य माथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए । कार्यक्रममा ईन्सपाईरिंग युथ कार्यक्रम सफल पार्नकाख लागि बिशेष योगदान दिने निम्स नेपालगञ्जका प्रमुख सुनिल कुमार गुप्तलाई सम्मान गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथी लुम्विनी प्रदेश सभा सदस्य अम्विक काफ्ले, बास नेपालका अध्यक्ष शिव कुमार बर्मा लगायतले सो सम्मान प्रदान गरेका थिए । कार्यक्रममा गजलकार कमल संघर्षलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा दिदि बहिनी समाज, नेपालगञ्ज उद्योग बाणिज्य संघ, सिद्धार्थ हार्डबेयर, सगरमाथा ईमि स्कुल, निम्स नेपालगञ्ज लगायतले सहकार्य गरेका थिए ।