अनन्त सहकारीले दिन थाल्यो वचत रकम फिर्ता
भक्तपुर, चैत्र १ गते
अनन्त बहुउदेश्य सहकारी संस्था लिले वचतकर्ताहरुको वचत फिर्ता दिन थालेको छ । भक्तपुर नगरपालिका वडा नं. ६मा शुक्रबार भएको सहमति अनुसार १७ जना वचतकर्ताहरुलाई दश, दश हजारका दरले वचत रकम फिर्ता पाएको पीडितहरुले जनाएका छन् । भनपा छका वडाध्यक्ष हरिराम सुवालका अनुसार गत डेर वर्ष देखि वडा कार्यालयमा सो सहकारीबाट वचत फिर्ता नभएको गुनासो आएपनि सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण पश्चात शुक्रबार भएको सहकारी संचालक र वचतकर्ताहरु बीचको सहमति अनुसारको रकम आज फिर्ता भएको पुष्टि गरेका छन् । सो सहकारीमा वचत गर्ने अन्य सदस्यहरुलाई पनि थोरै रकम भए पनि आज फिर्ता पाएको वचतकर्ताहरुले सुनाएका छन् । अवको ६ महिना भित्र सम्पूर्ण वचतकर्ताहरुको वचत रकम फिर्ता दिने र सो अवधिमा फिर्ता दिन नसके आफ्नो चल अचल सम्पतिबाट असुल उपर गरे पनि मञ्जुर भएको कुरा सो सहकारीका सञ्चालक कृतम प्रजापतिले शुक्रबारको सहमतिमा जनाएका थिए ।
आज विहान फेसबुकमार्फत पनि उनले सहकारी संस्थामा आएको संकट बीच आफ्नो ऋण असुर गरेर वचतकर्ताको वचत फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।तर वचतकर्ताहरुका अनुसार सहकारीको अफिस खोलिए पनि सञ्चालक नभेटिने, ऋण कताएर वचत फिर्ता दिनु भन्दा पनि सकेको गर पैसा छैन भन्नेर उल्टो हप्कार्ने गरेको गुनासो छ । सम्मपुरक र अनन्द सहकारी बीच एकीकरण पश्चात पनि वचतकर्ताहरुले वचत फिर्ता नपाउँदा विरामीले उपचार गर्न नपाएको, पढाई छुटेको, विदेश जान नपाएको गुनासो वचतकर्ताहरुको छ । यी नै वचतकर्ताहरुको गुनासोलाई लिएर सो सहकारीका सञ्चालक कृतम प्रजापतिलाई वडा कार्यालयले नाता प्रमाण पत्र समेत नदिएपछि व्यापक गुनासो सामाजिक सञ्जालमा देखिएको थियो । सो बारे वडाध्यक्ष सुवालले गुनासोको सुनुवाईकालागि दुबै पक्ष बीच शुक्रबार भएको सहमतिलाई कार्यान्वयन भए उनको सिफारिस नरोकीने बताएका छन् ।
सहकारी संञ्चालक प्रजापतिले सहकारी संकट बीच ९ करोड मध्ये ७ करोड वचत फिर्ता भएको र अव साह्रे २ करोड ऋण बजारमा रहेको, त्यसको असुल गरी वाँकी २ करोड वचत पनि फिर्ता दिने प्रतिबधता जनाएका छन् ।
स्थानीय जनप्रतिनिधी रोशनी सुवालले वचतकर्ताको गुनासो सुनुवाई गर्न सहकारी संञ्चालकलाई ऋण उठाउनुपर्ने भए सहजीकरणकालागि प्रयास गर्दा सहकारी संञ्चालकले नै अनन्द सहकारी भक्तपुर नगरपालिका भित्र नपर्ने भन्दै थप विवतरण दिन नचाहिने भने अभिव्यक्ति बीच नाताप्रमाण पत्रको सन्दर्भलाई लिएर स्थानीय जनप्रतिनिधीको मान हानी हुने गरी सामाजिक सञ्जालमा भिडियो संप्रेषण हुनु भत्सना योग्य रहको चर्चा गर्दै त्यसको क्षमायाचना र वचतकर्ताको रकम अबको ६ महिनाभित्र फिर्ता दिने प्रतिबद्धता जनाएपछि शुक्रबार सहमति भएको उहाँले जनाएका छन् । सोही सहमति अनुसार वडामा निवेदन दिएका १७ जना वचतकर्ताकालागि दश, दश हजार वचत रकम फिर्ता भएको वडा कार्यालयले जनाएका छ ।














