नेवार समुदायमा मतदाता शिक्षा कार्यक्रम आयोजना

नेवार समुदायमा मतदाता शिक्षा कार्यक्रम आयोजना

मिति २०८२ साल फागुन १३ गते, भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं. ६ को वडा कार्यालयमा महिला जागरण तथा विकास केन्द्र (CWAD) द्वारा आयोजित र महिला कानुन र विकास मञ्च (FWLD) को साझेदारीमा मतदाता शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। उक्त कार्यक्रममा कुल ५२ जना सहभागीहरू उपस्थित थिए, जसमा सीमितकृत समुदाय, महिलाहरू, ज्येष्ठ नागरिक तथा नयाँ मतदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई निर्वाचन किन गरिन्छ, मताधिकारको महत्व, मतदाताको कर्तव्य, विशेष अवस्था भएका मतदाताको अधिकार, मतको गोपनीयता, निर्वाचन आचारसंहिता, सही तरिकाले मतदान गर्ने प्रक्रिया, र कुन अवस्थामा मत बदर हुन्छ भन्ने विषयमा विस्तृत प्रस्तुतीकरण प्रदान गरिएको थियो। साथै, मतदान प्रक्रिया कसरी सञ्चालन हुन्छ भन्ने प्रत्यक्ष डेमो मार्फत सहभागीहरूलाई देखाइयो।

विशेष रूपमा, नयाँ मतदाताहरूले सुरुवाती चरणमा मतदान कसरी गर्ने भन्ने विषयमा केही भ्रम थियो, तर कार्यक्रममा स्पष्ट व्याख्या र डेमोका कारण उनीहरूले अब बुझ्नुभयो कि मतदान प्रक्रिया कसरी सम्पन्न हुन्छ, कस्तो अवस्थामा मतपत्र र मत बदर हुन सक्छ।

कार्यक्रमको सहजिकरण र प्रस्तुतीकरण Prasanna Raut ले गर्नुभएको थियो, जसले सहभागीहरूलाई मतदान सम्बन्धी ज्ञान र बुझाइमा ठूलो सहयोग पुर्‍याउनुभयो।