श्री बाराही साकोसमा सुपरिवेक्षण तथा अनुगमन सम्पन्न ।
नेप्mस्कूनको स्क्यान कार्यक्रम अन्तर्गत श्री बाराही साकोसमा सुमनराज घिमिरेको नेतृत्वमा नेफ्स्कूनद्धारा मिति २०८२ माघ २७ गते स्थलगत सुपरीवेक्षण तथा अनुगमन सम्पन्न भएको छ ।
भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित (क्ऋब्ल् क्गउभचखष्कयचथ ऋजभअपक बलम ब्लबथिकष्क ायच ल्बखष्नबतष्यल) नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत सहकारी क्षेत्रमा सुशासन र सदस्यको बचत सुरक्षाको मुख्य चुनौतीलाई मध्यनजर गरि भक्तपुरको सुर्यविनायक भुलाँचा स्थित श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. मा सघन स्थलगत सुपरीवेक्षण अनुगमन तथा प्राविधिक विश्लेषण कार्य सम्पन्न भएको छ ।
संस्थाको वित्तीय सुरक्षा, सुशासन र सञ्चालन प्रक्रियालाई थप सुदृढ बनाउने उद्देश्यले नेफ्स्कूनका अनुगमन अधिकृत सुमनराज घिमिरे र अनुगमन सहायक नमुना सापकोटाले संस्थाको स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमन तथा सुपरीवेक्षणका क्रममा संस्थाको मुख्य वित्तीय सूचकहरू, जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली, समिति र साधारण सभाको निर्णय पुस्तिका, डिजिटल सुशासन र पारदर्शिता अन्तर्गत कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था तथा गो ए एम एल मार्फत सम्पत्ति शुद्धिकरण निवारणको प्रभावकारीता विश्लेषण र नीतिगत कार्यान्वयनको अवस्थाबारे सुक्ष्म विश्लेषण गर्नुभएको थियो ।
सुपरीवेक्षणपछि आयोजित रणनीतिक छलफल कार्यक्रममा नेप्mस्कूनका अनुगमन अधिकृत सुमनराज घिमिरेले संस्थाका सबल पक्षहरु र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । पहिचान गरिएका सुझावहरुलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।
’स्क्यान’ कार्यक्रमले विशेषगरी सहकारीको जोखिम न्यूनीकरण र दिशाबोध (ल्बखष्नबतष्यल) मा जोड दिने भएकाले, अनुगमनका क्रममा प्राप्त तथ्याङ्कका आधारमा संस्थाको वर्तमान अवस्थाको ’स्वस्थता परीक्षण’ गरिएको थियो । सो अवसरमा अधिकृत घिमिरेले संस्थाका सञ्चालक समिति र व्यवस्थापन पक्षसँग छलफल गर्दै सहकारीलाई सुरक्षित र सदस्यकेन्द्रित बनाउन सुधार गर्नुपर्ने प्राविधिक पक्षहरूबारे सुझाव प्रस्तुत गर्नुभयो ।
संस्थाका संचालक र व्यवस्थापन टिमबाट प्राप्त सुझावहरुलाई तत्काल सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त भएको छ सहकारीप्रति सदस्य तथा समुदायको विश्वास कायम गर्न यस संस्थाले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई विशेष प्राथमिकतामा राख्दै संस्था आगाडी बढ्ने प्रतिबद्धता जनाएको छ । साथै संस्थाले आफ्ना सदस्यहरूको बचतलाई सुरक्षित राख्दै व्यावसायिकता कायम गर्न नेफ्m्स्कूनको यो प्राविधिक सहयोग महत्वपूर्ण रहने विश्वास लिएको छ । श्री बाराही साकोसले विगतदेखि नै सुशासन र सुरक्षामा विशेष ध्यान दिँदै आएकोमा यस्ता नियमित अनुगमनले संस्थाको विश्वसनीयता थप बढ्ने निष्कर्ष निकालिएको छ ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...














