नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे महत्वपूर्ण बैठक सम्पन्न
भक्तपुर,
नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे २१ आैं वार्षिक साधारण सभा तथा अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिकाे तेस्राे बैठक आज मिति २०८२ माघ २५ गते आइतबारका दिन शारदा मा.बि.भक्तपुरमा बसेकाे बैठकले महत्वपूर्ण निर्णयहरू गरेकाे छ । शाखाका सभापति राजुराम मुनंकर्मीकाे सभाध्यक्षतामा सम्पन्न भएकाे बैठकमा गएकाे माघ ९-१० मा पाेखरामा सम्पन्न प्रतिष्ठानकाे ३४ आैं केन्द्रीय सभाबारे सहभागीहरू पन्चलक्ष्मी मल्ल, शशिवदन हाडा, गुहेश्वरी शाक्य, चन्द्रशाेभा सालिके, राजु मुनंकर्मी र कृष्णेश्वरी राजभण्डारीले संस्मरणात्मक समीक्षा गर्नुभयाे । प्रतिष्ठानका सचिव विद्या राजभण्डारीले स्वागत गर्दै सञ्चालन गर्नुभएकाे बैठकमा प्रतिष्ठानलाई चुुस्त दुरूस्त रूपमा अगाडि बढाउन कार्यसमिति पदाधिकारी तथा सदस्यहरू र अन्य यशस्कर, श्रेयष्कर, अति विशिष्ट, विशिष्ट तथा आजीवन सदस्यहरू सम्मिलित विभिन्न ७ वटा उपसमितिहरू गठन गरी तिनीहरूकाे काम, कर्तव्य र अधिकार सहित जिम्मेवारी बांडफाँड गर्ने प्रस्तावलाई सर्वसम्मतले अनुमाेदन गरेकाे छ ।


जसअनुसार ७ वटा उपसमितिहरूमा १) सल्लाहकार समूह २) संस्थागत विकास तथा प्रवर्द्धन उपसमिति, ३) प्रचार, प्रसार, सम्पर्क तथा सभा, गाेष्ठी सञ्चालन उपसमिति ४) आयश्रेात सङ्कलन उपसमिति, ५) महिला सशक्तिकरण उपसमिति, ६) प्राविधिक परिचालन उपसमिति र ७) सदस्यता अभिबृद्धि तथा स्तरबृद्धि उपसमिति रहेका छन् । आजकाे बैठकमा काेषाध्यक्ष सुन्दर सुवालले प्रस्तुत गर्नुभएकाे यस शाखाकाे पाैष २६ गते सम्पन्न २१ आैं वार्षिक साधारण सभा तथा अधिवेशनकाे आय व्यय विवरणलाई सर्वसम्मतले अनुमाेदन गरेकाे छ । त्यसैगरी साेही बैठकमा मनाेनित सदस्य रत्नमाया सुवाललाई सभापतिज्यूले सपथ ग्रहण गराउँदै मनाेनित प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएकाे थियाे ।
बैठककाे अन्त्यमा हालै अल्पायुमा दु:खद निधन भएकाे सचिव विद्या राजभण्डारीका अत्यन्त प्रिय भदा मेरिन राजभण्डारीकाे आत्माकाे चीर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली सहित शाेकप्रस्ताव पारित गर्दै शाेकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त हाेस् भन्दै हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरेकाे छ ।













