२०७६ साल वैशाख ३ गते, बुधबार ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार बस्यो ।
बैठकमा नेपाल सरकारले जारी गरेको लकडाउन व्यवस्थापन गर्न गृह मन्त्रालयबाट प्राप्त भएको निर्देशन एवम् परिपत्रहरुको बारेमा जानकारीका साथै छलफल भयो ।
बैठकले भक्तपुर जिल्लामा कोभिड १९ को प्रतिरोधका लागि हालसम्म भएको स्वास्थ्य तयारी सन्तोषजनक रहेको र स्वास्थ्य उपचारको लागि आवश्यक उपकरण एवम् औषधिको व्यवस्थापन एवम् तयारी स्थानीय तहहरुले अझ सशक्त रुपमा गर्ने निर्णय ग¥यो ।
बैठकले अति विपन्न नागरिकको लागि राहत वितरणको कार्य सम्बन्धित वडाहरुबाट एकद्धार प्रणालीबाट मात्र व्यवस्थापन गर्ने निर्णय ग¥यो । बिस्केट जात्राको बाँकी कार्यक्रमलाई भीडभाडरहित तरिकाले व्यवस्थापन गर्ने, जिल्लाको लागि आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन सुरक्षा निकायले गर्ने र सोको लागि आवश्यक स्रोतसाधन स्थानीय तहले समेत उपलब्ध गराउने र अनावश्यक रुपमा जम्मा भएको भीड नियन्त्रण र बजार व्यवस्थापन गर्ने सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरी अझ कडाइ गर्दै लाने निर्णय बैठकले गरेको छ ।
बैठकले मध्यपुर थिमि नपाबाट सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालमा तयार गरिएको पीसीआर मेसिनबाट कोभिड १९ परीक्षण गर्ने स्वीकृतिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलमा विभिन्न देशबाट नेपाल आएका ९६ जनाको व्यवस्थापन र खानपानमा भएको एकमुष्ठ खर्चको बील भुक्तानीको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय ग¥यो ।
बैठकमा जिल्लाका नगरपालिकाका प्रमुखहरुले बैठकमा हालसम्म गर्दै आएको कार्यकोबारे स्पष्ट पार्नुभयो भने सुरक्षा निकाय प्रमुखहरुले कोरोनासँग सम्बन्धित भएर गरेका कामहरुको बारे बैठकमा प्रस्ट पार्नुभयो । बैठकमा भक्तपुर नपाका चारवटै नगरपालिकाका नगर प्रमुखहरुलाई आमन्त्रण गरिएको थियो ।
Featured Posts – Style 1
Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
2026-07-11 Comments Off on Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।...
वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
2026-07-09 Comments Off on वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
भक्तपुर, असार २४ — वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा समुदायमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको...
पुरानो जगाती पुलको उद्घाटन शनिबार
2026-07-09 Comments Off on पुरानो जगाती पुलको उद्घाटन शनिबार
भक्तपुर, असार २५ – भक्तपुर नगरपालिका–८ स्थित पुनःनिर्माण सम्पन्न पुरानो जगाती पुलको उद्घाटन शनिबार विशेष समारोहका बीच गरिने भएको छ। भक्तपुर नगरपालिका...
उद्यमशीलताको बीउ पु“जी वितरण
2026-07-09 Comments Off on उद्यमशीलताको बीउ पु“जी वितरण
उद्यमशीलताको बीउ पु“जी वितरण२५ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त उद्यमशीलताको निम्ति प्राप्त बीउ पुजीको तेस्रो...
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
2026-07-09 Comments Off on कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर साइकल कने ट भक्तपुरसन् २०२१ मा भक्तपुरका केही साइकल ेमी युवाह को अनौपचारक...













