नेपाल हृदयराेग निवारण प्रतिष्ठान भक्तपुरमा राजुराम मुनंकर्मीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

नेपाल हृदयराेग निवारण प्रतिष्ठान भक्तपुरमा राजुराम मुनंकर्मीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन ।
भक्तपुर,
नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुरकाे २१ आैं वार्षिक साधारण सभा तथा अधिवेशनले राजुराम मुनंकर्मीकाे सभापतित्वमा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे छ । साेही दिन बसेकाे नयाँ कार्यसमितिकाे पहिलाे बैठकले निर्वाचित ११ जना सदस्यहरूकाे पद विभाजन समेत गरेकाे छ । जस अनुसार उपसभापतिसद्वयमा बिश्व माेहन जाेशी र डा.शैलन्द्र बीर कर्माचार्यलाई चयन गरिएकाे छ भने सचिवमा विद्या राजभण्डारी, काेषाध्यक्षमा सुन्दर सुवाल, सहायक सचिवमा राेशन राेशन राज तुईंतुईं र सहायक काेषाध्यक्षमा कृष्ण गाेसाई तथा अन्य सदस्यहरूमा पन्चलक्ष्मि मल्ल, पशुपति भक्त राय, गुहेश्वरी शाक्य, रमेश प्रजापति र चन्द्रशाेभा सालिके रहेका छन् । साेही बैठकले शशिवदन हाडा, विष्णु किसि,डा. सत्यनारायण सुवाल र रत्नमाया सुवाललाई सदस्यमा मनाेनित गरेकाे छ ।


प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा.सत्यनारायण सुवालकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि केन्द्रीय उपाध्यक्ष एवं निर्वाचन पर्यवेक्षक डा.प्रेमराज बैद्य, अतिथिहरू प्रतिष्ठानकाे काठमाण्डाै शाखाका सभापति मेहन माेहन श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अन्जना खड्का, सि.वि.आर. संस्थाका संयाेजक सुरेश प्रधान, ब्लाेदान भक्तपुर शाखाका अध्यक्ष निर्मला सुवाल र भक्तपुर विकास सहयाेग सङ्घका अध्यक्ष राजु मृगेन्द्र जाेशीलगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।
साेही दिन वरिष्ठ बाल मुटुराेग विशेषज्ञ डा. उर्मिला शाक्यले बाल मुटुराेग सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण समेत गर्नुभएकाे थियाे । त्यसैगरी साेही समाराेहमा प्रतिष्ठानकाे नयाँ श्रेयष्कर सदस्य भक्त राजभण्डारी, बिशिष्ट सदस्यद्वय कृष्णलक्ष्मी मानन्धर र सबिता राजाेपाध्यायलाई प्रमुख अतिथिले सम्मानपत्र सहित सम्मान र नयाँ श्रेयष्कर सदस्य, विशिष्ट सदस्य र ३९ जना आजीवन सदस्यहरूलाई सभापति राजुराम मुनंकर्मीले प्रमाणपत्र वितरण गर्नुभएकाे थियाे । आजीवन सदस्य कृष्णेश्वरी हाडाले सहजिकरण गर्नुभएकाे उक्त कार्यक्रममा सहायक सचिव राेशनराज तुईंतुईंले स्वागत गर्नुभयाे भने उपसभापति बिश्वमाेहन जाेशीले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे । विशिष्ट सदस्य सुलाेचना सैंजुकाे सितारमा मङ्गल धूनकाे प्रस्तुतिसँगै प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी उद्घाटन भएकाे समाराेहमा अन्य अतिथिहरूले २१ वटा पालामा दीप प्रज्वलन गर्नुभएकाे थियाे । त्यसैगरी उक्त सभामा सचिव र काेषाध्यक्षकाे प्रतिवेदन सर्वसम्मतिले पारित गरिएकाे थियाे भने शाखाका दिवंगत सदस्य तथा परिवारजनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट माैनधारण गरिएकाे थियाे ।