पत्रकार महासंघ भक्तपुरको २९ औं स्थापना दिवस, १३ हजार पत्रकारका १३ हजार सञ्चार माध्यमको चिन्ता
भक्तपुर, पुस २३ गते
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २९ औं स्थापना दिवसको उद्घाटन गर्दै नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री जगदिस खरेलले देशभर रहेको १३ हजार पत्रकारका १३ हजार सञ्चार माध्यमलाई कसरी तिकाउने भन्ने चुनौतीको मोडमा आएको बताएका छन् । पत्रकारहरु व्यवसायिक बन्न आग्रह गर्दै मन्त्री खरेलले जनतामा मिस इम्फोमेशन, डिस इम्फोमेशन, फेक समाचारको सिकार धेरै नै भइरहेको चर्चा गर्दै चुनावमा सबैभन्दा बढी सजग सञ्चार माध्यम हुुनुपर्नेमा जोड दिनु भयो । सञ्चार माध्यमको मिस इम्फोमेशन, डिस इम्फोमेशन, फेक समाचारले समग्र निर्वाचन नै प्रभावपार्न सक्ने कुरामा प्रष्ट पार्दै मन्त्री खरेलले प्रविधि, उपकरण र समयको हिसावले व्यवसायिक पत्रकारितामा जोड दिन आग्रह गर्नु भयो । चुनावमा आफू उठ्ने नउठने निश्चित नगरेको समयमा सञ्चार माध्यमबाटै भ्रमपूर्ण समाचारहरु आईरहेको टिप्पणी गर्नु भयो । २९ वर्षको युवा अवस्थामा भक्तपुर पत्रकार महासंघले पत्रकारको ब्यवसायिक सुरक्षा, भौतिक सुरक्षा, जनतालाई सूसुचित पार्ने कार्य प्रशंसनीय रहेको उल्लेख गर्नु भयो ।


कार्यक्रममा बागमती पद्रेशका संस्कृति मन्त्री सुरेश श्रेष्ठले हिजोको सरकारले पत्रकारको भावना, मर्म बुझ्न सकेन भन्ने कुराहरु आइरहँदा सञ्चार मन्त्री स्वयम् पत्रकारिताबाट आउनु भएको हुँदा अव पत्रकारहरुको समस्या, दुःखहरु सबै समाधान हुने विश्वास व्यक्त गर्नु भयो । नेता मन्त्रीले के भन्यो भन्ने कुरा भन्दा सञ्चार माध्यममा के कुरा आयो भन्ने कुरा जनताले महत्व राख्ने भएकोले लाईक र भ्यूकोलागि मात्रै समाचार नलेख्न आग्रह गर्नु भयो ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले पत्रकार महासंघ भक्तपुर काठमाण्डौको छेउमा रहेको शाखा भएर पनि बत्तिमुनीको अन्ध्यारो भइरहेको टिप्पणी गर्दै उहाँले हामीले जति ठूला काम गर्दा पनि काठमाण्डौ र ललितपुरको अगाडी सधै ओझेलमै परेको बताउनु भयो । राससका अध्यक्ष समेत रहनु भएको झाले नेपालको प्रजात्रान्त्रिक आन्दोलन, नागरिक अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालाई पनि महासंघको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
महासंघका उम्मिद वागचनले महासंघको २९ वर्षको स्थापना दिवस दिवस मात्र नभई सो अवधिमा के के गर्यौ भन्ने समीक्षा गर्ने र पत्रकारिताको विकाससँग निम्तिएको संकतसँग जुड्न सक्ने योजनाहरु ब्नाउन पनि आवश्यक भएकोमा जोड दिनु भयो ।
महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारको सभापतित्वमा आयोजित सो कार्यक्रममा उपत्यका महासंघका अध्यक्ष तेनिस रोका, काठमाण्डौका अध्यक्ष शोभा अर्याल, ललितपुरका अध्यक्ष रामहरि कार्की भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पत्रकार कविर राना, महासंघ भक्तपुरका पूर्व अध्यक्ष नारायणसुन्दर किलम्बु, उपाध्यक्ष नविना खर्वुजा, सचिव हेमराज ढकाल, सहसचिव हरिसुन्दर छुकांले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा कान्तिपुरका पत्रकर विनोद कोजू, डोलेश्वर डट कमका सम्पादक, पेसल आचार्य र महिला पत्रकार लिला श्रेष्ठलाई यस वर्षका विभिन्न पुरस्कारबाट पुरस्कृत गरेका हुन ।













