खोटाङ्ग, सिन्धुली र रामेछापमा क्यान्सर परिक्षण अभियान सुरु

खोटाङ्ग, सिन्धुली र रामेछापमा क्यान्सर परिक्षण अभियान सुरु
भक्तपुर, पुस १४ गते
भक्तपुर क्यान्सर अस्पतालले निःशुल्क पाठेघरको मुख जाँच, स्तन परिक्षण, स्तनको अल्ट्रासाउण्ड र जनरल क्यान्सर परिक्षण शिविर अभियान सुरु गरेको छ। शुरुमै उपचार गरेमा क्यान्सर निको हुन्छ नाराका साथ पुस १४ गते देखि १७ गतेसम्मको अभियान सञ्चालन भएको अस्पतालका व्यवस्थापक राजाराम तजलेले जनाएको छ ।


ब्यवस्थापक तजलेका अनुसार पुस १४ गते खोटाङ जिल्लाको स्वास्थ्य चौकीनिर्मली डाँडामा विहान ८ बजे देखि ४ बजेसम्म परिक्षण गरेको थियो भने पुस १६ गते सामुदायिक स्वास्थ्य इकाई, खाङसाङ, सिन्धुलीमा र पुस १७ गते रामेछाप अस्पताल रामेछापमा सो शिविर आयोजना हुने जनाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालको आयोजना र रामेछाप नगरपालिका, रामेछाप, फिक्कल गाउँपालिका, सिन्धुली, दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका खोटाङ्गको सह आयोजनामा सो शिविर आयोजना गरेको हो । सो शिविर अभियानकालागि श्री साउथवेष्ट मेडिकल युनिभर्सिटि फर्मर लुजउ मेडिकल कलेज एलिमनाईले सहयोग गरेको थियो ।

यस अभियानमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा.उज्वल चालिसे, व्यवस्थापक राजाराम तजले, परामर्शदाता प्रमोदराज ढकाल, गाइनी अन्कोलोजी डा.एलिजा श्रेष्ठ, रेडियोलोजी आशुतोष साह, मेडिकल अफिसर डा.सरला कोजू, वरिष्ठ नर्सिङ अधिकृत, रिता श्रेष्ठ, नर्सिङ सुपरभाइजर रोशनी बज्राचार्य, फोकल पसन राजमति गोसाई, सिनियर सिष्टर जेनी कुस्मा, ओ.पी.डी. अधिकृत रोजिना तजले, सिष्टर नारायण देवी प्रजापति र स्टाफ नर्स सरु प्रजापति सहभागि छन् ।