आदर्श आजादमा स्काउट दिक्षान्त समारोह सम्पन्न
भक्तपुर, २८ कात्तिक
भक्तपुर जिल्लाकैे पहिलो स्काउटको रुपमा दर्ता भएको आदर्श आजाद मावि,भेलुखेलमा सञ्चालित आदर्श आजाद स्काउट ट्रुपको दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाका उपप्रमुख तथा भक्तपुर नगरका प्रमुख स्काउट रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको समारोहमा ५८ जना नयाँ विद्यार्थीहरुलाई सदस्यता बायजसहित दिक्षा दिइएको थियो ।
शुक्रवार नै २० जना स्काउटहरुलाई माथिल्लो तहको बायज अर्थात बेडेन पावेल शिखर बायज दिइएको थियो । रसुवामा रहेको एउटा हिमशिखरलाई स्काउटल ेबेडेन पावल शिखरको नाम दिएको छ ।
स्काउटलाई स्कार्फ र बायज दिंदै प्रमुख अतिथि रजनी जोशीले स्काउटले विपदमा गरेका कार्यको सह्रहाना गर्दै भक्तपुरमा विपदमा आइपर्ने जोखिमबाट जोगाउने तरिका सिकाउनेसहित अनुशासित, कर्तव्यनिष्ठ र स्वयंसेवी भावना जागृत युवा निर्माण गर्न भक्तपुरमा स्काउटलाई अनिवार्य गर्नेतर्फ अगाडि बढिरहेको जानकारी दिनुभयो । स्काउटमा बसेका विद्यार्थीहरुलाई नेपालमा बसेर र विदेशमा पढेर आए पनि मातृभूमीकै सेवा गर्ने भावना जागृत गराउनुपर्ने आवश्यकता रहेको बताउँदै स्काउटले जस्ते प्रत्येक नागरिकले दैनिक तालिका बनाइ समयबद्ध रुपमा सिलसिला मिलाएर काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ५ अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान विजुक्छेंले लगशिलता र मेहनत अनि अथक प्रयासले सफलता हासिल हुन सक्ने शुत्र ज्ञान दिनुभयो । जीवनमा हारजीत भइरहने र त्यसमाथि मातिने तथा आँटिने नभइकन कर्म गर्न सिकाउने थलोको रुपमा स्काउट रहेको स्पष्ट पार्नुभयो ।
नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले समयको महत्व रहेको र समय तालिका मिलाएर डायरी बनाएर चल्यो भने स्काउट मात्र नभइ प्रत्येक नागरिकको जीवन सहज हुने धारणा राख्नुभयो ।
नेपाल स्काउट भक्तपुर नगरका स्थानीय आयुक्त बालकृष्ण बनमालाले स्काउट प्रकृतिसँग नजिक रहेको र स्काउटले प्राणीमाथि अनि प्रकृतिमाथि दया राखि पर्यावरण जोगाउने जानकारी दिनुभयो । स्काउटले दिने मितव्ययिताले सफलतातिर अगाडि बनाउने जानकारी पनि उहाँले दिनुभयो ।
भक्तपुर नगरका सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले स्काउटमार्फत जीवनोपयोगी शिक्षाका साथमा व्यवहारिक ज्ञानहरु प्रयोगात्मक रुपमा दिने बताउनुभयो ।
आदर्श आजाद स्काउट ट्रुपका स्काउटर रत्नश्वरी चवालले स्काउटमार्फत इमान्दार र देशभक्त नागरिक उत्पादन हुने भएकाले प्रत्येक परिवारमा कम्तिमा एकजना स्काउट बनाउन्ु आवश्यक रहेको धारणा राख्नुभयो ।
विद्यालयका प्राचार्य चक्रबहादुर चाकतुले विगतमा स्काउटिङ्ग गर्न समस्या हुने गरेकोमा अहिले सहज हुँदै गएकाले विद्यालयले प्रतिवद्धताका साथ स्काउट चलाइरहेको जानकारी दिनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













