“आगजनी तथा तोडफोडमा संलग्न मानिस पक्राउ”

“आगजनी तथा तोडफोडमा संलग्न मानिस पक्राउ”
भक्तपुर प्रहरीले जगाती प्रहरी बृत्तमा आगजनी तथा तोडफोड गरको अरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति काभ्रेपलान्चोक जिल्ला गोकुलेढाप घर भई हाल जगाती बस्ने वर्ष १८का अंकित तामाङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङ्गसँग प्रहरीको बुट १ जोर, राइटक्न्ट्रोल गियर १ थान, हाइटेरा हेण्ड सेटको ब्याट्री १ थान पनि जफत गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवजुले जनाएको छ । तामाङलाई हिजो साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो ।