६१औं राष्टिय बाल दिवसको अवसरमा दिप प्रज्वलन
भाद्र २९
नेपालगञ्ज ६१औं राष्टिय बाल दिवसमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको छ ।
बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रम नगर स्तरीय बाल क्लब सञ्जाल नेपालगन्ज उपमहानगरपालिकको आयोजना, नेपालगन्ज उपमहानगरपालिका र बास नेपालको सहकार्यमा भएको हो ।
कार्यक्रम अन्तरगत नेपालगन्जको बिपि चौकमा साँझ ६ बजे जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात व्यक्तिहरुको सम्झानामा एक मिनेट मौन धारण गरिएको थियो । मौनधारण पश्चात सहभागिहरुले दिप प्रज्वलन गरेका थिए । नेपालगन्ज नगर स्तरीय बाल क्लब सञ्जालका सचिब हर्सित पाण्डेले स्वागत गरेको कार्यक्रममा नगरस्तरीय बालमैत्री स्थानीय शासन नागरिक सञ्जालका संयोजक केशब कोइराला र बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले शुभकामना ब्यक्त गरेका थिए । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेको कार्यक्रममा गैसस महासँघ बाँकेका कार्यवाहक अध्यक्ष रमेश सिटौला, बास नेपालका निर्देशक हेमराज भट्ट, विभिन्न संघसंस्थाका प्रतिनिधि, नगर स्तरीय बाल क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नेपाल संवत् ११४७ को अवसरमा विशेष आह्वान: आर्थिक शोषणमुक्त, हिंसाविरहित र खुसी राष्ट्र निर्माणको संकल्प
2026-11-11 Comments Off on नेपाल संवत् ११४७ को अवसरमा विशेष आह्वान: आर्थिक शोषणमुक्त, हिंसाविरहित र खुसी राष्ट्र निर्माणको संकल्प
नेपाल संवत् ११४७ को अवसरमा विशेष आह्वान: आर्थिक शोषणमुक्त, हिंसाविरहित र खुसी राष्ट्र निर्माणको संकल्प भक्तपुर, २६ कात्तिक — नेपालको...
देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवाल
2026-11-09 Comments Off on देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवाल
देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवालभक्तपुर, २३ कार्तिकनेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार...
सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप
2026-11-09 Comments Off on सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप...
सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी…’ सार्वजनिक
2026-11-08 Comments Off on सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी…’ सार्वजनिक
सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी...’ सार्वजनिक काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक, संगीतकार...
लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
2026-11-08 Comments Off on लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रमलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को नया“ गठित उपसमितिका सदस्यहरुलाई स्वागत तथा परिचयात्मक एवं...














