६१औं राष्टिय बाल दिवसको अवसरमा दिप प्रज्वलन
भाद्र २९
नेपालगञ्ज ६१औं राष्टिय बाल दिवसमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको छ ।
बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रम नगर स्तरीय बाल क्लब सञ्जाल नेपालगन्ज उपमहानगरपालिकको आयोजना, नेपालगन्ज उपमहानगरपालिका र बास नेपालको सहकार्यमा भएको हो ।
कार्यक्रम अन्तरगत नेपालगन्जको बिपि चौकमा साँझ ६ बजे जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात व्यक्तिहरुको सम्झानामा एक मिनेट मौन धारण गरिएको थियो । मौनधारण पश्चात सहभागिहरुले दिप प्रज्वलन गरेका थिए । नेपालगन्ज नगर स्तरीय बाल क्लब सञ्जालका सचिब हर्सित पाण्डेले स्वागत गरेको कार्यक्रममा नगरस्तरीय बालमैत्री स्थानीय शासन नागरिक सञ्जालका संयोजक केशब कोइराला र बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले शुभकामना ब्यक्त गरेका थिए । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेको कार्यक्रममा गैसस महासँघ बाँकेका कार्यवाहक अध्यक्ष रमेश सिटौला, बास नेपालका निर्देशक हेमराज भट्ट, विभिन्न संघसंस्थाका प्रतिनिधि, नगर स्तरीय बाल क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Featured Posts – Style 1
वित्तिय साक्षारता कार्यक्रम सम्पन
2026-09-16 Comments Off on वित्तिय साक्षारता कार्यक्रम सम्पन
वित्तिय साक्षारता कार्यक्रम सम्पन भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना...
तार चोरी गर्ने तीन जना नियन्त्रणमा
2026-09-16 Comments Off on तार चोरी गर्ने तीन जना नियन्त्रणमा
तार चोरी गर्ने तीन जना नियन्त्रणमाभक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको...
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
2026-09-16 Comments Off on भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेभक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी...
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
2026-09-15 Comments Off on बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर...
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
2026-09-15 Comments Off on प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै...













