निलबाराहीस्थित दुवाकोटमा कालभैरव स्थापना, भ्रष्टाचार विरुद्ध सत्य र न्याय खोजी अभियान जारी
भक्तपुर, भाद्र १४ गते
भक्तपुरको दुवाकोटस्थित निल बाराही मन्दिर परिसर सरस्वती खेलमा काल भैरव मन्दिरको आज प्राण प्रतिस्थापन तथा समुद्घाटन कार्यक्रम आयोजना भएको छ । १९ रोप्पनी १० आना सार्वजनिक जग्गालाई २०४२ साल देखि नापी कार्यालयका तत्कालिन एक कर्माचारीले आफ्नो नाममा लालपूजा बनाएर ल्याएको चालपाएपछि २०४४ साल देखि स्थानीय समुदायले सो जग्गा सार्वजनिक नै हुनुपर्छ भन्ने कानूनी लडाई लड्दै आएका थिए । हाल सो क्षेत्रका केही भागमा खानेपानी कार्यालय स्थापना गरिए पनि बाँकी भागलाई सार्वजनिक रुपमै राख्नुपर्ने स्थानीयको मागलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता धुर्वराज श्रेष्ठले कानूनी लडाई लड्न साथ लिएको सम्मान गर्दै श्री कालभैरव मन्दिर निर्माण समितिले आज उहाँलाई श्री काल भैरव मन्दिरको प्राण प्रतिस्थापन तथा समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि बनाएका थिए । सो अवसरमा वरिष्ठ अधिवक्ता श्रेष्ठले मन्दिर उद्घाटनको शिलापत्र सार्वजनिक गर्दै मन्दिरको द्वारमा तांगिएको रिवन काटेर मन्दिरको उद्घाटन गरेका थिए । सो अवसरमा वरिष्ठ अधिवक्ता श्रेष्ठले स्थानीय जनताको आफ्नो धर्म संस्कृतिमा एक्यवद्धता जनाउँदै देशमा व्यप्त भ्रष्टाचार विरुद्ध सत्य र न्यायको खोजी अभियान जारी रहेको बताउनु भयो । नीति निर्माण तहमा बस्ने देखि सर्वसाधारणबाट हुने भ्रष्टाचार जन्य कार्यको विरुद्धमा लडि रहेको बताउँदै उहाँले प्रमाण जुताएर भ्रष्टहरुलाई कानूनी दायरामा ल्याएर कार्वाही गर्ने कार्य गर्दै आएको बताउनु भयो ।


व्यवस्था परिवर्तनका नाममा गणतन्त्र ल्याई सकेपछि हामीले नै बनाएका ठूला दलहरुले देशको स्वाभिमान र अस्मितामा असर पार्ने भ्रष्टाचार जन्य कार्य भएकोमा आपति जनाउँदै वरिष्ठ अधिवक्रा श्रेष्ठले बालुवातार जग्गा काण्ड, गिरी बन्दु टि स्टे जस्ता धेरै देशका सम्पदाहरुमा लुटतन्त्र मचाएको प्रति आपति जनाउँदै उहाँले दुवाकोटस्थित सरस्वती खेलको १९ रोप्पनी १० आना सार्वजनिक जग्गा केही व्यक्तिहरुले हड्पर्ने कार्यविरुद्ध निःस्वार्थ रुपमा आफू सहित अधिवक्ताहरुको सहयोगले आज श्री काल भैरवको मन्दिर स्थापना गर्न सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । साथै उहाँले स्थानीय जनताको चाहना र एक्यबद्धताले व्यक्तिले कब्जा गरिसकेको सार्वजनिक जग्गा आज सार्वजनिकनै कायम गर्न सफल भएको बताउनु भयो ।
मन्दिर निर्माण उपसमितिका संयोजक इश्वर थापाको सभापतित्वमा आयोजित सो कार्यक्रममा संरक्षण समितिका अध्यक्ष एवं पूर्व जिविस भक्तपुरका उपाध्यक्ष गौरीमान सिंह थापाले केही व्यक्तिहरुले हड्पेर राखेको सार्वजनिक जग्गामा काल भरैवको मन्दिर स्थापना गर्न पनि धेरै धम्कीहरुको सामना गर्नुपरेको स्मरण गर्दै उहाँले हाल काल भैरव मन्दिर निर्माण गरिसक्दा मन्दिर परिसरमै हनुमानको मन्दिर बनाउन आवश्यक भएको भन्दै उहाँले सो क्षेत्रमा पाटी सहित अन्य सम्रचना बनाएर थप सार्वजनिक क्षेत्रको संरक्षण गर्न आवश्यक भएकोमा जोड दिनु भयो । उहाँले सो क्षेत्र संम्रक्षण गर्न नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै २०४४ साल देखि सो क्षेत्रको संरक्षण कार्यका महत्वपूर्ण पक्षहरु बारे जानकारी दिएका थिए ।
घडेरीको रुपमा विक्रि वितरण समेत भई सकेको सो क्षेत्रलाई स्थानीयले परापूर्व कालदेखि नैन डाडा र नेवार समुदायले बोसिंख्य नामले परिचित १९ रोप्पनी १० आना सार्वजनिक जग्गा थियो ।
स्थानीय जनताको आर्थिक भौतिक सहयोगमा सो क्षेत्रमा काल भैरवको मन्दिर स्थापना गरी आज धार्मिक विधि अनुसार होम गरी प्राण प्रस्थिापन तथा मन्दिर समुद्घाटन कार्य सम्पन्न गरेको हो । सो कार्यक्रममा विभिन्न दाफा भजनका सांस्कृतिक टोलीहरुको धिम्येबाजा, बासुरी बाजासहित भजनगानहरुले समेत प्रस्तुत भएको थियो ।
समितिका कोषाध्यक्ष उमेश बस्नेतले हालसमम संकलित आर्थिक सहयोग र दाताहरुको नामाबली सार्वजनिक गर्दै उहाँले सो क्षेत्रको संरक्षण समद्र्धन गर्न थप सहयोगको आवश्यकताबोद्ध गराउनु भयो ।
समितिका श्याम अवालले काल भैरव मन्दिर संरक्षण अभियान बारे जानकारी दिदै सुरु गरेको सो कार्यक्रममा अधिबक्ता युवराज कोइराला, ठिमी वृत्तका डिएसपी नमराज ढुंगाना, सशस्त्र प्रहरी दुवाकोटका जयराम बस्नेत, बागीश्वरी धाम चानपा७का साधक रुपराम दास, दाता कृष्णप्रसाद सापकोटा सहितका अतिथिहरुको आतिथ्यतामा सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । सापकोटा एक्लैले ४ लाख भन्दा बढी आर्थिक सहयोग गरेको सो सार्वजनिक जग्गा संरक्षण अभियानमा हाल ६० लाख भन्दा बढी आर्थिक सहयोग संकलन भई जग्गा संरक्षण कार्यमा पनि निरन्तर लागि रहेको अभियान्ता श्याम अवालले जनसञ्चार खवरलाई जानकारी दिएका छन् ।














