घरदैलोमै सहुलियत दरको खाद्यान्न सामाग्री चाहिएमा ………………..

भक्तपुरका समुदायलाई घरदैलोमै सहुलियत दरको खाद्यान्न सामाग्री चाहिए …….. सम्झनुस,

फोकल पर्सन : संघका अध्यक्ष बिरेन्द्र जतिको मोबाइल नम्वर ९८५११४१५१८

भक्तपुर, चैत्र २३ गते
सरकारले लक डाउन कार्यान्वयनमा थप कडाई गरेसँगै भक्तपुरका ग्रामिण क्षेत्रका समुदायले खाद्यान्न आपूर्तिको माग गर्न थालेका छन् । दुवाकोट भक्तपुरका अमर बहादुर खड्काले स्थानीय बजारमा खाद्यान्न सकिन थालेको र राहात पनि बितरण नगरेकाले आफूहरु सहित बाहिर जिल्लाबाट आएर मजदुरी गर्ने समुदाय समस्यामा रहेको जनसञ्चार खवरलाई जानकारी दिएका थिए । यस्तो गुनासो आएपछि भक्तपुरका घरेलु तथा साना उद्यमीहरुले घरदैलोमै खाद्यान सामग्री पुर्याउन थालेका छन् । स्थानीय समुदायको आग्रहमा भक्तपुर घरेलु तथा साना उद्योग संघले संघ मातहतका उद्यमीहरुको स्थनीय उत्पादन चामल, दाल, चिउरा, मरमसला, तेज, ध्यू लगायतका दैनिक उपभोगिय सामग्रीहरु घर दैलोसम्म पुर्याउन थालेको संघका अध्यक्ष बिरेन्द्र जतिले बताएका छन् । संघ मातहतका उद्यमीसँग ८ सय टन चामल, ७ सय टन चिउरा, ३५० टन दाल र केही टेल एवं मरमसला समेत रहेकाले संकतको बेला नाफा भन्दा पनि सेवा भावका साथ बिक्रि बितरण थालेको उहाँले बताउनु भयो । संघले आज भक्तपुरको ताथलीका समुदायका लागि घरदैलो खाद्यान्न पुर्याइरहेको बताएका छन् । ८ जना उद्यमीहरुको सक्रियतामा ५ प्रतिशत छुट सहित घर घरमा पुगेर आवश्यक खाद्यान्न सामग्री वितरण सेवा दिइरहेको संघका अध्यक्ष एवं चिउरा व्यबसायी जतिले जानकारी दिएका छन् । जतिका अनुसार यस भन्दा अगाडी भक्तपुरको गुण्डु, सिपाडोल र ताथलीमा सेवा दिइ सकेका थिए भने ताथलीका समुदायले फेरी माग गरेपछि आज फेरी ताथलीका समुदायको घर दैलोमा सेवा पुर्याइरहेका उनले बताए ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानिय जनप्रतिनिधी र समुदायको आग्रहमा खाद्यान्न घरदैलो सेवा दिइरहेका हुन । मुख्य सडक सञ्जालसँग नजोडिएका एवं यातायताका साधन नियमित नचलेका भक्तपुरका दुवाकोट, चाँगु, छालिंग, नगरकोट, बागेश्वरी, सुडाल, ताथली, चितपोल, नंखेल, सिपाडोल, गुण्डु क्षेत्रमा बढी खाद्यान्नको माग बढेको जतिको भनाई छ। भक्तपुर नगर, मध्यपुर थिमी, बालकोट, दुवाकोट, सिरुतार क्षेत्रमा बजार बिस्तार भइसकेकाले ति क्षेत्रबाट माग नआएको उनले बताए । जहाँ जहाबाट माग आउँछ, त्यहाँ त्यहाँसम्म सेवा पुर्याउन आफूहरु तयार रहेको भन्दै अहिले मौजात रहेको खाद्यान्न भक्तपुरका लागि एक डेर महिनालाई मात्र पुग्ने देखिएकाले चामल, चिउँराका मिलहरु लक डाउनको समयमा पनि सञ्चालन गर्न थालेको बताउनु भयो । भक्तपुरका अधिकास समुदाय कृषि पेसासँग नजिक रहेकाले खाद्यान्नको समस्या नपर्ने तर बाहिरी जिल्लाबाट आएका समुदायका लागि भने खाद्यान्न अति आवश्यक पर्ने भएकाले थप मौजातका लागि साल्टट्ेनिंग कोअपरेशन लिमिटेडसँग भक्तपुरका उद्यमीहरु छलफलमा रहेका छन् । जिल्लाको खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले राधेराधेमा खाद्यान्न भण्डारण गरिरहेको छ । सो भण्डारणले सुरक्षाकर्मी र अति आवश्यक समुदायका लागि मात्र पुग्ने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएका थिए । समग्र जिल्लाबासीको खाद्यान्नको पहुँच सहज बनाउनको लागि भक्तपुर उद्योग वाणिज्य संघले पनि नगरपालिकास्तरीय समन्वय समिति गठन गरिसकेका छन् भने चोलिंचा कृषि सहकारी लगायत विभिन्न सहकारी संघ संस्थाहरुले पनि तरकारी र खाद्यान्न सामग्री बिक्रि बितरण थालि रहेको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघले पनि फोकल पर्सन तोकेर खाद्यान्न बिक्रि वितरण सेवा थालेको छ । खाद्यान्न आपूर्ति गर्न आवश्यक भए संघका अध्यक्ष बिरेन्द्र जतिको मोबाइल नम्वर ९८५११४१५१८मा सम्पर्क राख्न आग्रह गरेको छ ।