काठमाण्डौ, चैत्र २२गतें
कोरना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ । विदेशबाट नेपाल फर्किएकाबाट मात्रै नेपालमा देखिएको कोरना भाइरसको संक्रमण शनिवारबाट नेपालमा आएका संक्रमितबाट अन्यमा पनि सरेको पहिलो संक्रमणको घटना पुष्टि भएकोे हो । यसबाट नेपालमा कोरना भाइरस सक्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि गर्दै स्वास्थ्य तथा जनसञ्चार मन्त्रालयले आज तीन जनामा थप कोरना भाइरस संक्रमण फैलिएको जनाएको छ । भारतबाट नेपाल आएर कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहेका ४१ र २१ वर्षका दुई पुरुषमा कोरना पोजेटिभ देखिएको हो भने संक्रमित एक पुरुषका आफन्त पर्ने कैलालीका ३४ वर्षकी महिलामा भने दोस्रो चरणको कोरना भाइरस संक्रमण देखिएको भन्दै मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले क्वारेन्टाइनमा अनुशासित र साबधानीका साथ बस्नुपर्ने कुरा सो घटनाले औल्याएको बताउनु भयोे ।
चितवन र बुटवलमा भोलिबाट कोरना भाइरसको परीक्षण सुरु भएपछि काठमाण्डौ बाहिरका ६ ठाउँबाट कोरना भाइरसको परीक्षण हुने भएको छ । शनिवारसम्म १ हजार ४ सय ४१ परीक्षण सम्पन्न गरी सक्दा ९ जनामा कोरना पोजेटिभ भेटिएको छ । हाल काठमाण्डौमा १५ जना, उपत्यका बाहिर ५४ जना आइसोलेशन कक्षमा छन् । कल सेन्टरबाट ३ हजार ४ सय ६५ गुनासो सम्बोधन गरेको छ । वेभसाईटबाट कोरना भाइरसको स्वमूल्यांकनमा विवतरण भनेको संख्या शनिबारसम्म ६ हजार ५सय २७ पुगेको छ । रेड जुन अर्थात उच्च जोखिमको सूचीमा १ सय २६ जना छन् । तिनीहरुको फोन र सम्बन्धित माहाशाखामार्फट ट्ेसिंग भएको डा.देवकोटाले बताउनु भयो । संभाबित संक्रमत स्वमूल्यांकनमा भरेका विवरणहरु अझै सही नभएको देखिएको भन्दै उहाँले बारम्बार सोधिने प्रश्नमा स्वास्थ्य कर्मीका पीपीई, स्वास्थ्य सामग्रीहरुको दुरुपयोगका प्रश्न बढी रहेकाले त्यसको अनावश्यक प्रयोग र पीपीइ लगाएको फोटोहरु सामाजिक सञ्जालमा पोस्त समेत नगरिदिन अनुरोध गर्नु भयो । लक डाउनको समयमा क्वारेन्टाइनमा रहेर १४ दिन पूरा गरी स्वास्थ्य परिक्षण समेत नेगेटिभ भएकाहरु पनि केही दिन क्वारेन्टाइनमै रहन उहाँले आग्रह गर्नु भयो
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














