भक्तपुर, चैत्र २२ गते
लक डाउनको समयमा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि सहजिकरण समिति गठन भएको छ । भक्तपुरका ४ वटै नगरपालिकाहरुमा सो समिति गठनका लागि भक्तपुर उद्योग वाणिज्य संघले आफ्नो तर्फबाट संयोजकहरु चयन गरेका हुन । भक्तपुर नगरपालिकाका लागि संघका उपाध्यक्ष रोशन भोय्द्यो, मध्यपुर थिमी नगरपालिकाको लागि कार्यसमिति सदस्य राजभक्त श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको लागि वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर र चाँगुनारायण नगरपालिकाका लागि कार्यसमिति सदस्य नविन प्रजापति संयोजक तोकिएको संघका महासचिव रोशनी धौभन्जाले शुक्रवार जारी गरेको विज्ञप्तिमार्फत जनाएको छ । भक्तपुर जिल्लाका स्थानीय नगरपालिकाहरुसँगको पटक पटकको छलफल पश्चात जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरसँगको समन्वयमा सो समिति गठन गरिएको हो । लक डाउनको समयमा औषधी, ग्यास, खाद्यान्न, सागसब्जी लगायत अति आवश्यक सामग्रीको आपूर्ति र ब्यवस्थापनकालागि वस्तुगत संघ संस्था र उद्यमी व्यवसायीसँगको छलफल र समन्वयबाट समग्र भक्तपुर जिल्लाको बजार सहजिकरण ब्यवस्थापनका लागि सो समिति गठन गरेको संघले जनाएको छ । जनप्रतिनिधी, प्रशासन र व्यवसायीसँगको समन्वयबाट आपूर्ति र बिक्रि व्यवस्थापन, मौजाद एव भण्डारणमा समितिले सहजिकरण गर्ने भनिएको छ । बजार व्यवस्थापनका लागि व्यवसायीले नियमित बजार खोल्नुपर्ने र व्यवसायीहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने पक्षमा पनि जोड दिएको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठ सहित कार्यसमितिका पदाधिकारीहरुको नियमित समन्वयबाट सो समिति गठनसँगै जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर तथा खरिपाटी क्वारेन्टाइनलाई पनि खानेपानी, फुड प्याकिंग बक्स, प्लास्तिकका चम्चा लगायतका सामग्री सहयोग समेत गरेको विज्ञप्तिमा भनिएको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














