भक्तपुर, चैत्र २२ गते
लक डाउनको समयमा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि सहजिकरण समिति गठन भएको छ । भक्तपुरका ४ वटै नगरपालिकाहरुमा सो समिति गठनका लागि भक्तपुर उद्योग वाणिज्य संघले आफ्नो तर्फबाट संयोजकहरु चयन गरेका हुन । भक्तपुर नगरपालिकाका लागि संघका उपाध्यक्ष रोशन भोय्द्यो, मध्यपुर थिमी नगरपालिकाको लागि कार्यसमिति सदस्य राजभक्त श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको लागि वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर र चाँगुनारायण नगरपालिकाका लागि कार्यसमिति सदस्य नविन प्रजापति संयोजक तोकिएको संघका महासचिव रोशनी धौभन्जाले शुक्रवार जारी गरेको विज्ञप्तिमार्फत जनाएको छ । भक्तपुर जिल्लाका स्थानीय नगरपालिकाहरुसँगको पटक पटकको छलफल पश्चात जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरसँगको समन्वयमा सो समिति गठन गरिएको हो । लक डाउनको समयमा औषधी, ग्यास, खाद्यान्न, सागसब्जी लगायत अति आवश्यक सामग्रीको आपूर्ति र ब्यवस्थापनकालागि वस्तुगत संघ संस्था र उद्यमी व्यवसायीसँगको छलफल र समन्वयबाट समग्र भक्तपुर जिल्लाको बजार सहजिकरण ब्यवस्थापनका लागि सो समिति गठन गरेको संघले जनाएको छ । जनप्रतिनिधी, प्रशासन र व्यवसायीसँगको समन्वयबाट आपूर्ति र बिक्रि व्यवस्थापन, मौजाद एव भण्डारणमा समितिले सहजिकरण गर्ने भनिएको छ । बजार व्यवस्थापनका लागि व्यवसायीले नियमित बजार खोल्नुपर्ने र व्यवसायीहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने पक्षमा पनि जोड दिएको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठ सहित कार्यसमितिका पदाधिकारीहरुको नियमित समन्वयबाट सो समिति गठनसँगै जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर तथा खरिपाटी क्वारेन्टाइनलाई पनि खानेपानी, फुड प्याकिंग बक्स, प्लास्तिकका चम्चा लगायतका सामग्री सहयोग समेत गरेको विज्ञप्तिमा भनिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...












