आर्दश आजाद माविका छात्र, छात्राको कान परिक्षण
भक्तपुर, बैशाख २६ गते
आर्दश आजाद माविले विद्यालयका बालबालिकाहरुको कान परिक्षण गरेको छ । सो विद्यालयमा अध्ययनरत कविर ४ सय ५० जना बालबालिकाको श्रवण क्षेमताको परिक्षण गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीको पठनशिप विकासकालागि श्रवण क्षेमताको महत्वलाई ध्यान दिएर इएर केर नेपालको प्राविधिक सहयोगमा सो परिक्षण विहिबार सम्पन्न गरेको विद्यालयले जनाएको हो । इएर केर नेपालले सामुदायिक विद्यालयका विद्यार्थीहरुको न्यूनटम सुल्कमा कान परिक्षण गर्दै आएको छ ।















