भक्तपुरका दही पसलहरुको अनुगमण, अनुज्ञा पत्र नहुंदा रु. ५ हजार जरिवाना

भक्तपुरका दही पसलहरुको अनुगमण, अनुज्ञा पत्र नहुंदा रु. ५ हजार जरिवाना
भक्तपुर, २६ बैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको अनुगमणकाक्रममा अनुज्ञा पत्र नहुँदा रु. पाँच हजार जरिवाना गरेको छ । अनुगमण समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा व्यासी र च्याम्हासिंह जगातीमा शुक्रबार अनुगमन गरेको थियो । अनुगमनमा खाद्यको अनुज्ञापत्र विना नै प्याकेजिड्ड गरी व्यवस्थित लेवल बिना विक्रि वितरण गरेको भन्दै सैंजू दुग्ध दही उद्योगलाई त्यहि पाँच हजार जरिवाना गरेको थियोे । अनुगमण टोलिको स्थलगत कार्वाही पछि भक्तपुर जुजु धैं संघका अध्यक्ष समेत रहेका सैंजूले भने दहीको अनुज्ञा पत्र लिन बर्बर महल स्थित खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय पुग्दा दहीको मापदण्ड समेत बनि नसकेकोले अनुज्ञा पत्र नपाएको बताएका थिए भनेर अन्य मिठाइको सम्बन्धमा अनुज्ञा पत्र लिन आवश्यक महसुस गरेको अध्यक्ष संैजूले बताए । संघले जुजु धौंको ट्रेड मार्क समेत लिइ सक्दा पनि त्यसको प्रयोजनार्थ आवश्यक मापदण्ड बनि नसक्दा कार्यान्वयनमा आउन नसकेको पनि उहाँले बताए । संघका अध्यक्ष एवं संैजू जुजु धौका सञ्चालक कृष्ण गोपाल सैंजूले आफ्नो व्यवसाय प्रर्वधनकालागि गनुपर्ने नविकरण, कर चुक्ता सहित अन्य व्यवसायिक प्रर्वधन भने अध्यावधिक भइरहेको तर कतिपय सञ्चार माध्यमहरुले अनगल प्रचार गरेको प्रति खेद प्रकट गर्दै सो कुरा जनसञ्चार खवरलाई बताएका छन् ।


अनुगमनमा लक्ष्मी दही भण्डार पसल नविकरण गर्न, खाद्यको अनुज्ञापत्र लिई लेवल राखी विक्रि वितरण गर्नुपर्नेमा अनुज्ञापत्र विना सामान्य लेवल राखेकोमा पनि मुल्य नभएकोले मूल्य राख्न निर्देशन दिई सरसफाईमा ध्यान दिन र भ्याट वा प्यान विल प्रयोग गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
सैंजू दुग्ध दही उद्योग पसल नविकरण गर्न, सरसफाईमा ध्यान दिन, दही, लालमोहन, पुष्टकारी, गुडपाक, ध्यूमा खाद्यको अनुज्ञापत्र लिई लेवल राखी विक्रि वितरण गर्न निर्देशन दिई लेवल भएको, सामान्य लेवल पनि उत्पादन गर्ने समयको नराखी बेच्ने बेलामा मात्र पछि उत्पादन मिति राख्ने गरेकोले पाँच हजार रुपैंया जरिवाना सहित तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्ष प्रजापतिले बताउनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका शिव कार्की, यादव प्रसाद मिश्र, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका दृष्टि ढकाल, सरोज पौडेल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायत पत्रकारहरु, भनपा श्यानिटेशका प्रमुख दिलिप कुमार सुवाल, वडनिरिक्षक रामकृष्ण प्रजापति सहभागी रहेको थियो ।