स्व. भवानी जाेशी स्मृति दिवसमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित

स्व. भवानी जाेशी स्मृति दिवसमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित
– राजुराम मुनंकर्मी
भक्तपुर,
स्व. भवानी जाेशीकाे हिरक जयन्ती तथा स्मृति दिवसकाे बिशेष कार्यक्रममा समाजका लव्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएकाे छ । मध्यपुर थिमिकाे हेरिटेज व्याङ्क्वेटमा भवानी जाेशी सेवा प्रतिष्ठानले अायाेजना गरेकाे उक्त कार्यक्रममा चिकित्सा क्षेत्रमा याेगदान गरे बापत वरिष्ठ मुटुराेग बिशेषज्ञ डा. अवनिभुषण उपाध्याय, सामाजिक उतरदायित्वमा याेगदान गरे बापत समाजसेवी श्याम सुन्दर धाैभडेल, शिक्षा र सीप क्षेत्रमा याेगदान गरे बापत प्रा. काेमल वदन मल्ल र भवानी प्राज्ञ सम्मान वरिष्ठ साहित्यकार तिलक प्रकाश कायष्ठलाई सम्मान गरिएकाे थियाे ।
प्रतिष्ठानका अध्यक्ष समाजसेवी राजाराम जाेशीले उद्घाटन मन्तव्य दिनुभएकाे उक्त कार्यक्र्ममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल निभा: ले कवि भएर कवितासङ्ग्रह विमाेचन गर्न पाउँदा खुशि लागेकाे बताउनु हुँदै भवानी जाेशीकाे सपना पूरा गर्न प्रतिष्ठानले लिएकाे उद्धेश्य अवस्य पूरा हुने बताउनुभयाे ।


समाराेहमा अतिथिहरू बागमती प्रदेशका मन्त्री हरिप्रभा श्रेष्ठ खड्गी, माननिय दिपेन्द्र श्रेष्ठ, प्राज्ञ अगिव बनेपाली, सम्मानित हुने व्यक्तित्वहरूलगायतले भवानी जाेशीकाे जीवनका विविध पक्षहरू, समाजसेवामा पुर्याएकाे याेगदान र उहाँकाे व्यक्तित्वबारे चर्चा गर्दै मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा स्व. भवानी जाेशीकाे कवितासङ्ग्रह ”अाह्वान/ईनापकाे दाेस्राे संस्करणकाे लाेकार्पण, ७५ वटा दीप प्रज्वलन, छात्रबृत्ति वितरण कार्यक्रम, अार्थिक सहयाेग हस्तान्तरण कार्यक्रम तथा समानताकाे लागि अावाज, भक्तपुर नेत्रहिन सङ्घ र मानव कल्याण समाजलाई व्याज रकम हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरिएकाे थियाे ।
प्रतिष्ठानका महासचिव डा. रविन जाेशीले भवानी जाेशी सेवा प्रतिष्ठानले गत वर्षमा सम्पन्न गरेका विविध सेवामूलक कार्यक्रमहरूकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
शिला कर्माचार्यकाे प्रस्तुतिकरण रहेकाे उक्त कार्यक्रममा नयाँ अक्षयकाेषकाे लागि विभिन्न दाताहरूले चेक हस्तान्तरण समेत गरेका थिए ।
कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्नुहुने सम्पूर्ण अतिथिहरू र सहभागीहरूलाई प्रतिष्ठानका काेषाध्यक्ष सविन जाेशीले कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमकाे समापन गर्नुभएकाे थियाे ।
( सम्पन्न मिति: २०८२/०१/२०)
फाेटाे स्राेत : दिपेन्द्र श्रेष्ठ र अगिव बनेपाली