महिला पाठेघर तथा स्तन क्यान्स सम्बन्धी स्वस्थ्य शिविर
भक्तपुर, २० बैशाख । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा महिला पाठेघर तथा स्तन क्यान्स सम्बन्धी स्वस्थ्य शिविरको उद्घाटन समारोह भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार लान्चाफल्चा ओमकारेश्वरमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले भक्तपुर नगर भित्र हिडेर दश मिनेटमा स्वास्थ्य उपचार प्राप्तहुने स्थानको रुपमा विकास गरेको बताउँदै तीस बर्ष अगाडि एक जना डाक्टर र एकजना नर्सबाट सुरु गरेको जनस्वास्थ्यबाट आज सय बेडको ख्वप अस्पताल निर्माण गरेको बताउँदै काम गर्दा बाधा अड्चन दिने र सहयोग गर्ने दुई खाले बुद्धिजीवि र साधारण मानिसहरु हुने बताउनुभयो । उहाँले पहिला खेतबारीको सागसब्जि खाने भएकोले नसर्ने क्यान्सर जस्ता रोगहरु नदेखिएको तर अहिले भारतबाट आउने विषादी भएको तरकारीका कारण क्यान्सर रोगहरु निम्तिएको बताउनुभयो । उहाँले स्वास्थ्य शिविरबाट पहिलो र दोश्रो स्टेजको क्यान्सर भए उपचार हुने बताउँदै समयमा नै रोग पत्ता लागे धनजनको क्षेति नहुने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका माफिया डाक्टरहरुले विदेशमा उपचारको लागि रिफर गर्ने गरेको बताउँदै ख्वप अस्पतालको सरकारले स्वास्थ्य विमाको करौडौं रकम भुक्तानी नदिएको बताउनुभयो । उहाँले ख्वप अस्पतालनमा सिटिस्क्यानको खरिदको ठेक्का गई सकेको बताउँदै केहि महिना पछि सिटिस्क्यानको सेवा उपलब्ध हुने बताउनुभयो । उहाँले घरदैलो नर्सिङ्ग सेवाले नगरवासीहरुको सुझाव संकलन गरी योजना बनाउन आधार तयार हुने भएकोले सत्यतथ्य कुरा बताई सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले जनताको सहयोगले अक्सिजनप्लान्ट स्थापना गर्न सफल भएकोले निःशुल्क अक्सिजन प्रदान गरेको बताउनुभयो ।
कार्यक्रम वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापत्विमा सम्पन्न कार्यक्रममा डा.सृजा किसि, वडा सदस्य जितेन्द्र मुनांकर्मी र तारादेवी शाक्य, ओमकारेश्वर सेवा समितिका अध्यक्ष मदन बहादुर थापाले पनि बोल्नु भएको थियो । स्वास्थ्य परिक्षणमा ११५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परिक्षण गराएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...













