मुटुमैत्री पाककला तालिम सानाेठिमीमा – राजुराम मुनंकर्मी
भक्तपुर, नेपाल हृदयराेग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय ललितपुरकाे अायाेजनामा युसेप नेपाल सानाेठिमी, भक्तपुरमा मुटुमैत्री पाककला तालिम सम्पन्न भएकाे छ । बिश्वव्यापि मुटुराेग बढ्दै गईरहेकाे सन्दर्भमा मुटुमैत्री पाककला तालिमकाे अायाेजनाले यसमा न्युनिकरण गर्न सघाउ पुग्ने उध्देश्यले प्रतिष्ठानले सचेतनामूलक कार्यक्रमकाे रूपमा उक्त तालिमकाे अायाेजना गरेकाे हाे । प्रतिष्ठानकाे केन्द्रीय कार्यालय, ललितपुर र भक्तपुर शाखा, युसेप नेपाल, बाल सुधार गृह, सानाे ठिमी प्राविधिक शिक्षालगायतकाण जना सहभागीहरूलाई Go Red For Women का संयाेजक एवं प्रशिक्षक रामप्यारी बज्राचार्यले प्रभावकारी प्रशिक्षण र साथै प्रयाेगात्मक रूपमा प्रशिक्षित पनि गराउनुभएकाे थियाे । उक्त कार्यक्रमकाे सहअायाेजकका रूपमा युुसेप नेपाल, सानाे ,सानाे ठिमी र नेपाल हृदयरराेग निवारण प्रतिष्ठान, भक्तपुरकाे महिला ,सशक्तिकरण उपसमिति रहेकाे थियाे ।















