बेवारिसे सडक मानवको सहयोगार्थ राधेराधेमा आजबाट महायज्ञ सुरु
रमेश गिरी
राष्ट्रिय समाचार समिति (रासस) ः
भक्तपुर, २१ चैत्त । सडकमा अलपत्र परेका, अनाथ, असाह्य एवं वेवारिसे सडक मानवको उद्धार, उपचार, आश्रय, शिक्षा, स्वास्थ्यको व्यबस्था गर्दै आएको मानव कल्याण समाज भक्तपुरले आजबाट आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजबाट सुरु भएको छ ।
महायज्ञको शुभारम्भको क्रममा आज राधेराधेस्थित महायज्ञस्थलबाट सुरु भएको कलश यात्रा मध्यपुरथिमिको वडा नं. ५ देखि ९ सम्मको बिभिन्न क्षेत्रको परिक्रमा गरि महायज्ञस्थलमा आएर समापन भएपछि पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले उद्घाटन गर्नुभयो ।
समाजले हाल भक्तपुरको झौखेलमा एउटा टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालन पोषण गर्दै आएको छ । समाजका सचिव बिजय कुमार पोखरेलका अनुसार, मानव कल्याण समाजले काठमाडौको पशुपति, काभ्रेको पनौती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरि ५०५ जनालाई खाना, नाना, छाना, स्वासथ्य उपचारसहितको सेवा दिदै आएको छ ।
दुई हजार एक सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुर्नस्थापना गरिसकेको समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी सुमि मानवले जानकारी दिनुभयो । भक्तपुरबाट शुरु भएको अभियान अन्तर्गत अन्यत्रका पाँच शाखामा स्थायी÷अस्थायी संरचनाको व्यवस्था भएपनि भक्तपुरमा भाडाको साँघुरो घरबाट सोवादिन कठिनाई भएपछि महायज्ञमार्फत सहयोग संकलन गरेर स्थायी बसोवासको व्यवस्था मिलाउँन लागिएको अध्यक्ष मानवले जानकारी दिनुभयो ।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसंगै सुरु भएको महायज्ञ २७ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक गोपी न्यौपानेले जानकारी दिनुभयो ।
‘२०७२ सालदेखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेका थियौ, अहिले झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे बुबाआमा राखेर नाना, खाना र छानाको व्यबस्था गरेका छौँ, अध्यक्ष मानवले भन्नुभयो, ‘समाजले
अहिलेसम्म १५१ जना अनाथ बालबालिकालाई काभ्रेमा राखेर पठन पाठन र संगै सबै जिम्मेवारी उठाएका छौँ, अहिलेसम्म हामीले २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी सकेका छौँ, कतिले सेवा घरमै प्राण त्याग्नु भयो, कतिलाई पारिवारिक पुर्नमिलन गरायौ, यो दायित्वलाई स्थायीत्व दिन महायज्ञ आयोजना गर्न लागेका हौ ।’–––
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














