पत्रकार महासंघ भक्तपुर दियो सिडियोलाई ज्ञापन पत्र

पत्रकार महासंघ भक्तपुर दियो सिडियोलाई ज्ञापन पत्र
भक्तपुर, चैत्र १८ गते
चैत्र १५ गते भएको पत्रकार हत्या र सञ्चार गृह माथिको आक्रमण विरुद्ध नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल समक्ष ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भेला भई भक्तपुरका क्रियाशिल पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाही को माग गर्दै उचित क्षतिपूर्तिकालागि समेत माग गरेका थिए । पत्रकारहरुको ज्ञापन पत्र बुझ्दै प्रजिअ अर्यालले पत्रकारहरुको मागलाई सम्बोधन गराउन गृहमन्त्रालयसमक्ष पुर्याइ दिने प्रतिबद्धता जनाएका थिए ।