भक्तपुर बारुद्ध यन्त्रको नवनिर्मित भवनको उद्घाटन, अस्थायी कर्मचारीकै भरमा सेवा सञ्चालन !

भक्तपुर बारुद्ध यन्त्रको नवनिर्मित भवनको उद्घाटन, अस्थायी कर्मचारीकै भरमा सेवा सञ्चालन !

भक्तपुर, चैत्र १३ गते
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवनको आज उद्घाटन भएको छ । नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको सो भवन करिब ६ करोड लागत इष्टिमेटमा बनेको कार्यालय प्रमुख विजय धौभडेलले जनाएको छ । शहरी तथा भवन निर्माण आयोजना बबरमहल काठमाण्डौदरा निर्माण सम्पन्न गरेको सो भवनबाट २४ सैं घण्टा आगलागी नियन्त्रण र विपद् प्रतिकार्यमा जुत्न सकिने गरी तयारी गर्नुपर्नेमा जोड दिदै उद्घाटन समारोहका अतिथिहरुले बारुण यन्त्र सबैलाई चाहिने चीज भएकाले सधै तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए ।
२३ जना कर्मचारी क्रियाशिल रहेको जुद्ध बारण यन्त्र कार्यालय भक्तपुरले नेपाली सेनाको नाममा रहेको जग्गामा ३० वर्षकालागि भवन बनेको उल्लेख गर्दै कार्यालय प्रमुख धौभडेलले क्रियाशिल कर्माचारीहरु लामो समय देखि अस्थायी दरबन्दीमा कार्य गर्दै आएको उल्लेख गर्दै स्थायीको माग गरेका छन् । भवन बनेर मात्र बारुण यन्त्र सक्षम नहुने चर्चा गर्दै उहाँले आगलागी नियन्त्रणकालागि आवश्यक उपकरणहरु पनि तयारी अवस्थामा राख्न आवश्यक भएको भन्दै उहाँले आगलागि हुँदा काठमाण्डौ उपत्यका मात्र नभई सिन्धुपाल्चोक सम्म पनि आगलागि नियन्त्रणकालागि सेवा दिदै आएको बताएका छन् । देशमा निःशुल्क पाउने सेवा भनेको दकमकल सेवा मात्रै भएको उल्लेख गर्दै कार्यालय प्रमुख धौभडेलले गृहमन्त्री, गृह सचिवले आवश्यक सहयोग दिने त भन्नु भयो ज्यान जोखिममा राखेर आगलागि नियन्त्रणमा खतिने कर्मचारीहरुको मनोबल बढाउन स्थायी दरवन्दी दिनुपर्यो उहाँले माग गर्नु भयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न सो उद्घटान समारोहमा सांसद दुर्लभ थापा, गृह सचिव गोकर्णमणी दुवाडी, बागमति प्रदेशका सांसद सुरेश श्रेष्ठ, जिसस भक्रपुर प्रमुख ईश्वर थापा सहितका अतिथिहरुले मन्तव्य राखेका थिए । सो अवसरमा अतिथिहरुले पूर्वकर्मचारी र पत्रकारहरुलाई सम्मानित गरेको थियो ।