भनपाको आयोजनामा नगरक्षेत्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरुका लागि एक महिने हस्तकला सामग्री बनाउने तालिम शुरु ।
भक्तपुर, २०७८ मंसीर १ गते बुधबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भनपाको आयोजनामा नगरक्षेत्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरुका लागि हस्तकला सामग्री बनाउने सम्बन्धी एक महिने तालिम बुधबारबाट शुरु भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्नुहुँदै सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा पनि योग्य हुने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “आधा पाकेको र आधा काँचो वस्तु काम लाग्दैन । कुनै पनि सीप वा विषयमा निपुण व्यक्ति सक्षम हुन्छ ।”
आफूले सिकेको सीपलाई पूर्ण सदुपयोग गरी सोही विषयमा पारड्डत हुन एडभान्स कोर्स गर्नुपर्ने धारणा राख्नुहुँदै प्रमुख प्रजापतिले तालिम प्राप्त अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्तिले जस्तै रोजगारी प्राप्त गरी समाजमा उदाहरणीय कार्य गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहा“ले भन्नुभयो, “समय मूल्यवान छ । सही समयमा सिकेको सीपले जीवन परिवर्तन गर्न सक्छ । समयलेनै व्यक्तिलाई अवसर प्रदान गर्दछ ।”
कार्यक्रमका सभापति एवं उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले स्थानीय सरकारको रुपमा जनताको नजिक रहेर कार्य गरिरहेको उल्लेख गर्नुहुँदै अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी नपाले अपाङ्गता दिवसको अवसर पारी हरेक वर्ष ह्विल चियर, ट्वाइलेट चियर, सेतो छडी लगायतका सहायक सामग्रीहरु वितरण गरिरहेको तथा स्वास्थ्य शिविरहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भनपाको वार्षिक योजनामा हस्तकलाका सामग्रीहरु विक्री गर्ने कोसेली घर सञ्चालन गर्ने र हस्तकलाग्राम सञ्चालन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुहुँदै भनपाको आयोजनमा हुने एक महिने हस्तकला तालिम उपलब्धीमूलक हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमा प्रशिक्षक हिमालयश्वर लाल मूलले भक्तपुर नगरपालिकाले अपाड्डता भएका व्यक्ति वा संरक्षण्कहरुलाई हस्तकला तालिम सञ्चालन गर्न लागेकोेमा खुशी व्यक्त गर्नुहुँदैै तालिमले अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुलाई आर्थिक भार कम गराउन तथा रोजगारी अभिवृद्धि गर्न तालिम उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य एवं अपाङ्गता समन्वय समितिका सदस्य रोशनमैंया सुवालले समन्वय समितिले गरिरहेको गतिविधिहरुको बारेमा जानकारी दिनुहुँदै अपाङ्गता भएका व्यक्ति र परिवारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ हस्तकला तालिम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य शिविर र खेलकुद प्रतियोगिता हुने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षक मूललाई हस्तकलाका तालिम सामग्रीहरु हस्तान्तरण गरी तालिमको उद्घाटन गर्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













