भनपाको आयोजनामा नगरक्षेत्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरुका लागि एक महिने हस्तकला सामग्री बनाउने तालिम शुरु ।
भक्तपुर, २०७८ मंसीर १ गते बुधबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भनपाको आयोजनामा नगरक्षेत्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरुका लागि हस्तकला सामग्री बनाउने सम्बन्धी एक महिने तालिम बुधबारबाट शुरु भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्नुहुँदै सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा पनि योग्य हुने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “आधा पाकेको र आधा काँचो वस्तु काम लाग्दैन । कुनै पनि सीप वा विषयमा निपुण व्यक्ति सक्षम हुन्छ ।”
आफूले सिकेको सीपलाई पूर्ण सदुपयोग गरी सोही विषयमा पारड्डत हुन एडभान्स कोर्स गर्नुपर्ने धारणा राख्नुहुँदै प्रमुख प्रजापतिले तालिम प्राप्त अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्तिले जस्तै रोजगारी प्राप्त गरी समाजमा उदाहरणीय कार्य गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहा“ले भन्नुभयो, “समय मूल्यवान छ । सही समयमा सिकेको सीपले जीवन परिवर्तन गर्न सक्छ । समयलेनै व्यक्तिलाई अवसर प्रदान गर्दछ ।”
कार्यक्रमका सभापति एवं उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले स्थानीय सरकारको रुपमा जनताको नजिक रहेर कार्य गरिरहेको उल्लेख गर्नुहुँदै अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी नपाले अपाङ्गता दिवसको अवसर पारी हरेक वर्ष ह्विल चियर, ट्वाइलेट चियर, सेतो छडी लगायतका सहायक सामग्रीहरु वितरण गरिरहेको तथा स्वास्थ्य शिविरहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भनपाको वार्षिक योजनामा हस्तकलाका सामग्रीहरु विक्री गर्ने कोसेली घर सञ्चालन गर्ने र हस्तकलाग्राम सञ्चालन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुहुँदै भनपाको आयोजनमा हुने एक महिने हस्तकला तालिम उपलब्धीमूलक हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमा प्रशिक्षक हिमालयश्वर लाल मूलले भक्तपुर नगरपालिकाले अपाड्डता भएका व्यक्ति वा संरक्षण्कहरुलाई हस्तकला तालिम सञ्चालन गर्न लागेकोेमा खुशी व्यक्त गर्नुहुँदैै तालिमले अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुलाई आर्थिक भार कम गराउन तथा रोजगारी अभिवृद्धि गर्न तालिम उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य एवं अपाङ्गता समन्वय समितिका सदस्य रोशनमैंया सुवालले समन्वय समितिले गरिरहेको गतिविधिहरुको बारेमा जानकारी दिनुहुँदै अपाङ्गता भएका व्यक्ति र परिवारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ हस्तकला तालिम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य शिविर र खेलकुद प्रतियोगिता हुने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षक मूललाई हस्तकलाका तालिम सामग्रीहरु हस्तान्तरण गरी तालिमको उद्घाटन गर्नुभएको थियो ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...













