चैत्र १६ गते आठौं वल्र्ड नेवाः दिवस भक्तपुरमा मनाइने ।
भक्तपुर, चैत्र १३ गते
आठौं वल्र्ड नेवाः दिवस यसपटक भक्तपुरमा मनाइने भएको छ । भक्तपुरको दरवार क्षेत्रमा यही चैत्र १६ गते शनिबार मनाईने आठौं वल्र्ड नेवाः दिवसको तयारी बारे जानकारी दिन आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा च्याक्वःगु हलिं नेवाः दिंका संयोजक राधेश्याम त्वानाबासुले विश्वभर २८ राष्ट्रमा शाखा विस्तार भईसकेको चर्चा गर्दै विश्वभरका नेवाः समुदायको सहभागितामा आठौं वल्र्ड नेवाः दिवस भक्तपुरमा मनाउने तयारी भएको जनाएका हुन ।
हरेक वर्ष मार्चको अन्तिम शनिबार विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व नेवाः दिवस मनाउँदै आउनेक्रममा आठौ पटकको विश्व नेवाः दिवस ऐतिहासिक भक्तपुर नगरको दरवार क्षेत्रमा मनाउन पाउँदा गौराम्भित भएको भन्दै हलिं नेवाः दबू, नेपाः देय् मूकवःका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले यसपटकको दिवसलाई ऐतिहासिक बनाउने गरी केही प्रतिबधता पनि जारी हुने जानकारी दिनु भयो । यस पटक १८ जना विशेषविज्ञहरुलाई सम्मानित गर्नुका साथै ४ जनालाई विशेष सम्मान प्रदान गर्ने बताउनु भयो भने सोही अवसरमा उहाँले वरिष्ठ गायक सत्यनारायण प्रजापतिलाई नगद रु.१५ हजार सहित रमेश ताम्राकार स्मृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । यसै गरी यस वर्षदेखि सांगीतिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई नगद रु १० हजार सहित संस्थाका महासचिव कस्तुरी श्रेष्ठको परिवारले स्थापना गरेको जयराम श्रेष्ठ स्मृति पुरस्कार वरिष्ठ गायिका तीर्थ कुमारीलाई दिने घोषणा गरेको छ । अन्य सम्मानित हुने व्यक्तित्वहरुको शनिबार नै घोषणा गरिने आयोजक समितिले जनाएको छ ।
सो अवसरमा दिएको थप जानकारी
भक्तपुर । विश्वभरि छरिएर रहेका नेवारहरुको नेटवर्किङ्ग गरी नेपालभाषा कला संस्कृति साहित्यको उत्थान गरी नेपाल राष्ट्रको विकास कार्यमा समेत टेवा पुग्ने गरी विभिन्न कार्यक्रमहरु गर्दै अगाडि बढिरहेको संस्था हलिं नेवाः दबूले आउँंदो शनिबार भक्तपुरको दरवार क्षेत्रमा विश्व नेवा दिवस मनाउने भएको छ । स्थापनाकालदेखि नै विश्वभर छरिएर रहेका नेवारहरुलाई एक ठाउँमा ल्याउनका लागि विविध कार्यक्रमहरु संचालन गर्दै आएकोको संस्थाले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवारका दिनलाई विश्व नेवाः दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्व नेवाः दिवस मनाउँंदै आएकोमा यो वर्ष भक्तपुरमा हुन लागेको जनाएको हो ।
अमेरिकाको बाल्टिमोरमा मुख्य कार्यालय रहेको यो संस्थाले विश्वका २८ वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । यसैक्रममा नेवारहरुको आदिभूमि नेपालमा पनि यसको शाखा केन्द्रसँगसँगै सन् २०१२ मा स्थापना गर्ने कार्य भएको थियो । सन् २०१८ मा नेपालमा भएको ग्लोबल नेवाः कन्फरेन्सको आयोजना गरी सोही समयमा विश्वका २४ वटा देशका प्रतिनिधिहरुको भेलाले दिवस मनाउने निर्णयकासाथ कार्यक्रम गर्दै आएको जनाएको छ ।
यस वर्ष हामीले आठौं पटक विश्व नेवाः दिवस मनाउन गइरहेका छौं, संस्थाका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा भने । विश्व नेवाः दिवस मनाउने क्रममा काठमाडौंमा ५ पटक, ललितपुरमा दुई पटक कार्यक्रमको आयोजना गरिसकेको उनले जनाए । यस अनुरुप यस वर्ष यही चैत्र १६ गते शनिबारका दिन विश्व सम्पदामा सूचिकृत भक्तपुर दरवार क्षेत्रमा यो कार्यक्रमको आयोजना गर्न गइरहेको उनले जनाए ।
यसका लागि सम्बन्धित सम्पूर्ण निकायबाट स्वीकृति लिइसकेका जनाइयो । यस अवसरमा स्थानीय जातिको भाषा, कला, संस्कृक्तिसम्बन्धी संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यसहित सांस्कृतिक कार्यक्रमका साथै विभिन्न क्षेत्रबाट नेपाल र नेवारको उत्थानका लागि योगदान पुरÞ्याउनु हुने विभिन्न महानुभाव तथा संघसंस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । यस्तै विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिँदै आउनुभएका ४ जना व्यक्तित्वहरुलाई विशेष सम्मान पनि यसै अवसरमा प्रदान गर्न गइरहेका जनाइयो ।
हलिं नेवाः दबू नेपाल च्याप्टरले विगत ५ वर्षदेखि वरिष्ठ गायक रमेश ताम्राकारको स्मृतिमा उहाँको परिवारले स्थापना गर्नुभएको रमेश ताम्राकार स्मृति पुरस्कार प्रदान गर्दै आएका छ ं। यस वर्ष भक्तपुरका वरिष्ठ गायक सत्यनारायण मानन्धरज्यूलाई नगद १५ हजार सहित यो पुरस्कारले सम्मान गर्ने निर्णय भएको छ । यसैगरी यस वर्षदेखि सांगीतिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई नगद १० हजार सहित सम्मान गर्ने गरी जयराम श्रेष्ठ स्मृति पुरस्कार संस्थाका महासचिव कस्तुरी श्रेष्ठको परिवारले स्थापना गर्नुभएको छ । यस वर्ष पहिलो पटक प्रदान गरिन लागेको यो पुरस्कारबाट वरिष्ठ गायिका तीर्थ कुमारीलाई सम्मान गर्ने निर्णय भएको छ ।
हलिं नेवाः दिवसको मुख्य आकर्षणका रुपमा सो दिन बिहान दत्तात्रयमा भेला भई विभिन्न सांस्कृक्तिक झांकिहरुसहित भक्तपुर नगरपरिक्रमा गर्ने कार्यक्रम रहेको छ । यसका साथै भक्तपुरकै प्रसिद्ध विश्वकर्मा भैलः प्यावं, घिन्ताङ्गधिसि नाच, दाफा भजन, सानुमाया ताम्राकारको भजन, राजारानी नाच र इन्दिरा लाछिमस्यूको संयोजनमा धिमे बाजाको विशेष प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।
दिवसलाई भव्यतापूर्वक सम्पन्न गर्नको लागि राधेश्याम त्वानाबासुको संयोजकत्वमा समारोह समिति गठन गरेका छ । यसैगरी आर्थिक उपसमितिको संयोजक अञ्जना ताम्राकार र सहसंयोजक मंगलरत्न ताम्राकार, मज्य व्यवस्थापनका लागि संयोजक कस्तुरी श्रेष्ठ र सदस्यहरुमा अम्बिका तुलाधर, पद्मलक्ष्मी ताम्राकार रहनु भएको छ । यस्तै प्रकाशन उपसमितिको संयोजक उत्तमकुमार श्रेष्ठ, यातायात व्यवस्थाको संयोजक धर्मदेव महर्जन, खाद्य व्यवस्थाको संयोजक विकास महर्जन, सांस्कृतिक कार्यक्रमको संयोजक इन्दिरा माछिमस्यू, स्वयम्सेवक संयोजक गणेशभक्त गोसाई हुनुहुन्छ भने यली व्यवस्थापनमा संयोजक लक्ष्मीप्रसाद सुवाल र सदस्यहरुमा गणेशभक्त शिल्पकार, सुधिर कर्माचार्य र निशा कुष्मा रहनुभएको छ ।
बिहान ७ः३० बजे सांस्कृतिक रÞ्यालीबाट सुरु गरिने कार्यक्रम ९ः३० मा भक्तपुर दरवार क्षेत्रमा औपचारिक कार्यक्रम सुरु हुनेछ । कार्यक्रमको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














