लक डाउन ८ दिन लम्बियो, चैत्र २५ गते मध्यरातसम्म लक डाउन 

काठमाण्डौ, चैत्र १६ गते
नेपाल सरकारले चैत्र ११ गते विहान ६ बजे देखि सुरु गरेको लक डाउन २५ गते मध्यरातसम्मका थपिएको छ । कोरना भाइरसको विश्वव्यापी प्रभावलाई मध्यनजर गर्दै सरकारले ८ दिन लकडाउन लम्ब्याएको हो । आईतबार बसेको मन्त्री परिसरको बैठकले ८ दिन लक डाउन थप्ने निर्णय गरेकोे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिएका थिए । कोरना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आईतबार दिउँसो बसेको बैठकले सरकारलाई एक हप्ताको लागि लक डाउन लम्ब्याउन सिफारिस गरेको थियो । सरकारले चैत्र १० गते साँझ चैत्र ११ गते विहान ६ बजे देखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि तोकिएको लक डाउन २५ गते मध्यरातसम्म लब्याएपछि निम्न आय भएका ज्यालादारी काम गर्नेलाई समस्या हुने भएपछि सरकारले राहतको व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई व्यवस्था गर्न पनि निर्देशन जारी गर्दै इन्टरनेट प्रदायक संस्थाहरुलाई सेवामा २५ प्रतिशत छुट दिन पनि निर्देशन दिएको छ भने अनौपचारिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउन अवधिको लतब दिन पनि भनिएको छ । घरधनीलाई कोठा भाडा, विद्यालय शुल्क एक महिना छुट दिन पनि सरकारले आह्वान गरेको छ । नेपालमा ५ जनामा कोरना पोजेटिभ पुष्टि भइसकेका छन् । पुष्टि भएका मध्ये एक जना उपचार पछि घर फर्कि सकेका छन् भने अन्य ४ रै जनाको स्वास्थ्यस्थिति सामान्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । १२ जना आइसोलेशनमा छन् भने बुटवलको आइसोलेशनमा उपचारत एक जनाको मृत्यु भएको थियो । उनको मृत्युमा कोरना भाइरसको संक्रमण भए नभएको यकिन भएको छैन । उनको स्वाब परिक्षणका लागि टेकु पठाएको थियो । त्यसपछि सरकारले विदेशबाट स्वदेश फर्केकाहरु क्वारेन्टाइनमा नबसे, भागेमा कडा कार्वार्ही गर्ने चेतावनी दिएको छ ।