रक्षा क्यान्सर केयर सोसाइटीले मनाए, आज दोस्रौं होली पर्व
भक्तपुर, फाल्गुण २९ गते
रक्षा क्यान्सर केयर सोसाइटीले होली पर्वको दिन आज दोस्रौं होली पर्व मनाएका छन् । क्यान्सर रोग जितेका महानुभावहरु र उहाँहरुका परिवारहरुको सहभागितामा धुमधामले होली पर्व मनाएका हुन । क्यान्सर रोग जस्तो भयानक रोग जितेको खुसियालीमा सोसाइटीले गत वर्ष देखि भक्तपुर गेष्ट हाउसको प्रांगणमा होली पर्व मनाउन थालेका हुन ।
सोसाईटीका अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले बिगतका तिता कुराहरु बिर्सेर होलीको रंगमा रमेर क्यान्सर सरभाइबर समुदायको बीचमा होली पर्व मनाउन थालेको दोस्रो वर्ष भएको भन्दै उहाँले क्यान्सर रोग लागेकाहरुलाई समुदायमा नकारात्मक रुपमा लिने गरेको प्रति आपति जनाउनु भयो ।

सो कार्यक्रममा वरिष्ठ गायिका तारा थापाले क्यान्सर लागेपछि मरिन्छ भन्ने भ्रम फैलाइ रहेको प्रति आपति जनाउँदै चौथौ चरणको क्यान्सर लागेकाहरु पनि उपचारसँगै बाँचि रहेको उदाहरण प्रस्तुत गर्दै उहाँले आफू पनि क्यान्सर रोग जितरे दशौ वर्ष बाचि रहेको छु भन्दै क्यान्सर रोग लागेकाहरुलाई हेला नगर्न आग्रह गर्नु भयो । कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति, वरिष्ठ फोटोग्राफर राजुभाई सुवाल, पूर्व एनआरएन कमला महर्जन सुवाल, क्यान्सर सरभाइवर जागृती निरौला सहितका अतिथिहरुले क्यान्सर रोग लागेकाहरुको सहज उपचार र निको भएकाहरुलाई प्रोत्साहित गर्न तथा क्यान्सर रोग लाग्न नदिन जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएका थिए । सो अवसरमा विभिन्न सहयोगि महानुभावहरुले रक्षा क्यान्सर केयर सोसाइटीलाई आर्थिक सहयोग प्रदान गरेको थियो ।कार्यक्रममा दर्जनौ क्यान्सर सरभाइवरहरु तथा उहाँहरुका परिवारका सदस्यहरु वीच विभिन्न गीत संगितहरुमा रमाउँदै होली पर्व मनाएका थिए ।














