भक्तपुरका १८ हजार किशोरीलाई एच.पि.भी खोप दिन सुरु

भक्तपुरका १८ हजार किशोरीलाई एच.पि.भी खोप दिन सुरु
भक्तपुर, माघ २२ गते
भक्तपुर जिल्लाका १८ हजार किशोरीहरुलाई लक्षित गर्दै आजबाट एच.पि.भी. खोप अभियान भक्तपुरमा पनि सुरु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित गणेश मा.वि. प्रांगणमा आज जनस्वास्थ्य कार्यालय भक्तपुरले एच.पि.भि. खोप अभियान २०८१को शुभारम्भ कार्यक्रम आयोजना गर्दै यो खोप सेवा सुरु गरेका हुन । माघ २२ गते देखि फार्गुण ६ गतेसम्म देश व्यापीरुपमा हुने यो अभियानको भक्तपुरमा शुभारम्भ भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, उपप्रमुख सुजाता बाडे बैद्य, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल सहितका अतिथिहरुले संयुक्तरुपमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै शुभारम्भ गरेका हुन ।


स्थानीय वडाध्यक्ष पुष्प बस्नेतको सभापतित्वमा आयोजित सो शुभारम्भ कार्यक्रममा बोल्दै जिसस भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले एच.पि.भि.खोपका लक्षित किशोरीहरु साह्रै भाव्यमानी भएको चर्चा गर्दै यो खोप अभियानले पाठेयघरको क्यान्सर रोकथाममा टेवा पुग्ने बताए । उहाँले यो खोप अभियानबाट कोही पनि नछुट्ने गरी क्यान्सर रोग विरुद्ध जनचेतना फैलाउन आग्रह गर्नु भयो भने उपप्रमुख सुजाता बाडे बैद्यले महिलाहरुकालाई पाठेय घरको मात्र नभई स्तन क्यान्सर पनि बढी जोखिम रहेको भन्दै वडा वडामा जनचेतनामूलक गतिविधि गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले क्यान्सर रोग जलित समस्याको रुपमा विस्तार भइरहेको चर्चा गर्दै यसले व्यक्ति, परिवार र सिंगो राष्ट्रले नै लगानी गर्नु परिरहेको बताउनु भयो । क्यान्सरका विरामीको पीडाको कुनै मूल्यमा हिसाव गर्न नसकिने भन्दै विरामीको उपचार, रेडकेडकमा खतिने परिवारको पीडा पनि असहय भएको बताउनु भयो । उहाँले किशोरीको पाठेय घरको क्यान्सर विरुद्धको अभियानमा संलग्न भई यसको महत्वलाई बुझेर लक्षित समुहलाई नछुत्ने गरी व्यवस्थापन गर्न आग्रह गर्दै खोपलाई खेर नजाने गरी व्यवस्थापन गरिने पनि बताउनु भयो । सो अवसरमा जनस्वास्थ्य अधिकृत शान्तिराम खतिवडाले कक्षा ६ देखि १० सम्म वा १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुको पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यो खोप अभियान भक्तपुरमा आजबाट सुरु भएको भन्दै यो खोप सुरक्षित भएकाले सबै किशोरीहरुलाई सुनिश्चित गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेको र नेपाल सरकारले पनि लागु गरेको एच.पी.भी खोप पूर्ण रुपमा सुरक्षित छ । अलमल नगरी लक्षित किशोरीहरुले यो खोप धुक्क भएर लगाउनु पर्छ । २ सय प्रकारका क्यान्सर रोगहरु मध्ये एच.पी.भी. भाइरसबाट लाग्ने पाठेयघरको मुखको क्यन्सर चौथौ नम्वरको क्यान्सर भएकाले यो खोप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा खोप अधिकृत दिपक अछामीले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।