भोली विश्व क्यान्सर दिवस, सरकारको निःशुल्क सेवा पूर्णरुपमा कार्यान्वयनको माग ।

भोली विश्व क्यान्सर दिवस, सरकारको निःशुल्क सेवा पूर्णरुपमा कार्यान्वयनको माग ।
भक्तपुर, माघ २१ गते
विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले क्यन्सर सरभाइभर बिरामीहरुलाई दोसल्ला ओढाई सम्मान गर्ने भएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्रांगणमा मंगलबार हुने विश्व क्यान्सर दिवसको विशेष कार्यक्रमको अवसरमा सो सम्मान कार्यक्रम गर्नुका साथै क्यान्सर रोगसँग सम्बन्धित टिकटक कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरुलाई पुरस्कृत गर्ने छन् । सवास्थ्य मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतमा हुने सो कार्यक्रममा विशेष अतिथिको रुपमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति रहने छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा.उज्जवल चालिसेको अध्यक्षतामा हुने सो कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, क्यान्सर सरभाइभर अमृत गुरुङ्ग, जनस्वास्थ्य अधिकृत शान्तिराम खातिवडा सहितका अतिथिहरुले क्यान्सर रोगको रोकथाम तथा उपचार र सचेतनाका कुरा गर्ने अस्पतालका व्यवस्थापक राजाराम तजलेले जनाएको छ । व्यवस्थापक तजलेका अनुसार विश्व क्यान्सर दिवसको आवसरमा क्यान्सरका विरामीहरुको आत्मबल बलियो बनाउनकालागि विगत १५ वर्ष देखि उपचार गरी निको भएका क्यान्सरका विरामीहरुलाई दोसल्ला ओडाएर सम्मानित गरिने छन् । यसै गरी क्यान्सर दिवसको अवसरमा ओपिडी टिकट र फोलपमा पनि निःशुल्क गरिने छ । भक्तपुरका विरामीहरुको लागि भोली मेमोग्राफि, सिटि एनजिओ ग्राफि २५६मा ५० प्रतिशत छुटको व्यवस्था घोषणा गर्ने छ । व्यवस्थापक तजलेका अनुसार केही वर्ष देखि स्थगित रहेको उपत्यकाका विरामीहरुकोलागि निःशुल्क बस सेवा पनि भोलि देखि पुनः प्रारम्भ हुने छ । साथै विरामी आफैले क्यूआर कोटबाट रिपोर्ट लिन सकिने मेसिनको पनि उद्घाटन गरिने छ ।


नसर्ने रोगहरु मध्ये क्यान्सर पनि अग्रपक्तिमा रहेकोले यो रोग लाग्नै नदिन दिवसको अवसरमा विभिन्न सचेतनामूलक गतिविधि हुने भन्दै अस्पतालका व्यवस्थापक तजलेले १४ वर्ष मुनिका बालबालिकाहरुको क्यान्सर उपचारमा सरकारले निःशुल्क व्यवस्था गरेपछि उपचारकालागि भक्तपुर क्यान्सर अस्पताल आउनेको संख्या बढेको बताएका छन् । गत मंसिर महिना देखि नेपाल सरकारले १४ वर्ष मुनिका क्यान्सर रोग लागेका बालबालिकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गरेको थियो । भक्तपुर अस्पतालमा मात्रै दैनिक १४।१५ जना क्यान्सरका विरामीहरु उपचारकालागि आउने गरेको उहाँले बताए । पर्याप्त पूर्वाधार तथा भौतिक संरचनाका अभाव बीच नेपाल सरकारले दिदै आएको सेवाहरु सहज रुपमा प्रदान गर्दै आएको उहाँले बताए । यद्यपी विरामीका आफन्त र परिवारहरुका अनुसार भने सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको भएपनि अस्पतालभित्र नपाईने सेवा, चेक जाँचहरु तथा औषधीहरु समेत बाहिरबाट महंगोमा किन्नुपर्दा थप पीडा भएको बताउँछन् । सरकारले निःशुल्क भनिए पनि ५० प्रतिशत र्खच व्यहोर्न बाध्य भएको भन्दै निःशुल्क सेवा छ भनेर महेन्द्र नगरबाट भक्तपुर क्यान्सर अस्पताल आएको दुःखसो पोखेका छन् । यसरी उपचारकालागि आउनेमा पाचखाल, रौतहत देखिका पनि छन् । सरकारले घोषणा गरे अनुसार निः शुल्क सेवा सबै निःशुल्क भइदिएको भए उपचार गर्न सहज हुने भन्दै विरामीका आफन्तहरुलाई बस्न, खान समेत समस्या भएको भन्दै घर जग्गा बेचेर तथा ऋण लिएर उपचार गर्न बाध्य भएको गुनासो गरेका छन् ।


विरामीको चाप बढेपछि उपचार र चेकजाँचकालागि समेत पालो कुर्नुपरेको विरामीका आफन्तहरुको गुनासो छ । एकातिर उपचारकालागि पालो कुर्नुपर्छ, अर्को तर्फ निःशुल्क भनिए पनि लाखौं खर्च गर्नुपरिरहेको छ । आयस्रोत नभएका परिवारलाई उपचार सेवा लिन गाह्रो भयो विरामीका आफन्तहरुको दुःखसो छ । यदपी भन्छन् सरकारको निःशुल्क सेवाले केही राहत महसुस भएको छ । यो सेवा पूर्णरुपमा निःशुल्क व्यवस्था हुनुपर्यो । तब मात्र सबै विरामीले सहज रुपमा उपचार गराउन सक्लान, उपचारकालागि आएका विरामीका आफन्तहरुले माग गरेका छन् ।
अस्पतालका डाक्टर रीटु लामिछानेका अनुसार १९ वर्ष सम्मका बालबालिकाहरुमा जिन परिवर्तनका कारण क्यान्सरको जोखिम बढि रहेको बताउँदै संक्रमितहरु मध्ये १० प्रतिशत मात्रै बंशानुगत पाइएको बताउँछन् । डाक्टर लामिछानेका अनुसार बाल्यकालमै क्यान्सर लागे पनि मृत्युको मुखमा नपुग्ने भन्दै समयमै उपचार गरे धेरै हदसम्म क्यान्सर निको हुने बताउँछन् । समयमै रोगको पहिचान गर्न सके रोकठाम गरी निको पार्न सकिने भएकाले थप जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकोमा उहाँको जोड छ ।

हरेक वर्ष विश्वभर फेवरी १४ तारिकका दिन विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । नेपालमा भोलि देखि नै १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियानको पनि शुभारम्भ हुँदै छ ।