जननी मूलकाे सम्झनामा श्रद्धाञ्जली सभा

जननी मूलकाे सम्झनामा श्रद्धाञ्जली सभा
भक्तपुर ,
नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाले हालै दिवंगत हुनुभएका बहालवाला सभापति जननी प्रसाद मूलकाे सम्झनामा श्रद्धाञ्जली सभाकाे अायाेजना गरेकाे हाे । स्थानीय शारदा मा.बि. मा भएकाे श्रद्धाञ्जली सभामा दिवंगत अात्माकाे चीर शान्तिकाे कामनासहित १ मिनेट माैन धारण गरियाे भने सहभागी सबैले तसविरमा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

सभाका सभाध्यक्ष का.वा. सभापति राजुराम मुनंकर्मीले स्व. मूलकाे जीवनी र याेगदानबारे तयार पारिएकाे व्यक्तिबृत्त प्रस्तुतिकरण गर्नुभयाे । साेही सभामा वरिष्ठ गायिका सानुमैया धाैभडेलले स्व. मूलले संगीतबद्ध गरी शाखाबाट तयार पारिएकाे हृदयगान प्रस्तुत गर्नुभयाे । शाखाका उपसभापति विश्वमाेहन जाेशीले अतिथिहरूलाई स्व. मूलसँगकाे सान्निध्यता र विविध पक्षमाथि प्रकाश पार्दै अाफ्नाे अनुभूति प्रस्तुत गर्न अाग्रह गर्नुभयाे । यसै क्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा.सत्यनारायण सुवाल, उपाध्यक्ष डा. प्रेमराज बैद्य, काठमाण्डाै शाखाका सभापति मेहन माेहन श्रेष्ठ, काभ्रे शाखाका सभापति टिकाभक्त भाेछिभाेया, सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्याम सुन्दर धाैभडेल र स्व.मूलका पुत्र सुनिल मूलले उहाँकाे जीवनी, कला, संगीत, साहित्य, रङ्गमञ्च, समाजसेवालगायत विविध क्षेत्रमा पुर्याएकाे याेगदानबारे चर्चा परिचर्चा गरिएकाे थियाे । त्यही कार्यक्रममा शाखा सदस्य गुहेश्वरी शाक्यबाट उहाँप्रति समर्पित कविता वाचन
गरिएकाे थियाे ।