नगरकोट भ्रमण वर्ष कार्ययोजना २०८१ सार्वजनिक
भक्तपुर, माघ ११ गते
आगामी बैशाख १ गते देखि वर्ष भरी मनाउने नगरकोट भ्रमण वर्ष २०८२का कार्यक्रम कार्यन्वयन कार्ययोजना २०८१ आज सार्वजनिक भएको छ । आयोजक चाँगुनारायण नगरपालिकाले आज नगरपालिकाको सभाहलमा बृहत्त बैठक आयोजना गर्दै नगरकोट भ्रमण वर्ष २०८२ कार्यक्रमका कार्ययोजनाहरु प्रस्तुत गरेका हुन ।
नगरकोट भ्रमण वर्ष भनिएपनि चाँगुनारायण नगरका प्रत्येक वडा र टोल टोलमा भ्रमण वर्षका विभिन्न गतिविधिहरु आयोजना हुने बताउँदै नगर प्रमुख जीवन खत्रीले यो भ्रमण वर्ष नगरपालका र जनप्रतिनिधीहरुको मात्र नभई सम्पूर्ण नगरवासीहरुको साझा कार्यक्रम भएको बताए । उहाँले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरे मात्रै नगरकोट भ्रमण वर्ष सफल हुने चर्चा गर्दै नगर प्रमुख खत्रीले चाँगु नारायण नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरकोट भ्रमण वर्ष महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले स्थानीय उत्पादन प्रवर्धन तथा रोजगारवृद्धिमा समेत टेवा लिने गरी भ्रमण वर्ष तयारी हुने बताए ।



नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष २०८२ कार्यक्रम कार्यन्वयन कार्ययोजना २०८१ प्रस्तुत गर्दै भ्रमण वर्षका अवसर र चुनौती, नगरकोट भ्रमण वर्ष २०८२को कार्यान्वयनका लागि विभिन्न नीतिहरु प्रस्तुत गरेका थिए ।
बैठकमा संघिय सांसद द्र्लभ थापा, सन्तोष परियार, बागमति प्रदेशका सांसदहरु सुरेश श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, गीता काफ्ले सहित सरोकारवाला निकायहरुले भ्रमण वर्ष सफल पार्न विभिन्न सुझाव सहित आआफ्ना मन्तव्य राखेका थिए ।



















