आज, नेमकिपाको ५१ औं स्थापना दिवस

आज नेमकिपाको ५१ औं स्थापना दिवस

नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा कीर्तिपुरमा आज विचार गोष्ठी आयोजना गरेको छ । पार्टीको इतिहास र महत्वपूर्ण योगदानहरुको चर्चा गर्दै देश र जनताको सेवा गर्ने बाहेक पार्टीको अर्को उदेश्य नभएको भन्दै नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाले खेल्दै आएको भूमिकाहरु बारे बक्ताहरुले प्रष्ट्याएका छन् । नेमकिपाका सचिव प्रेम सुवालले विचार गोष्ठिमा बोल्दै सरकारले जनतालाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउनुपर्नेमा जोड दिदै नेपाली जनतालाई बस्ने र खानकालागि समेत परनिर्भर बनाएको भन्दै सांसद सुवालले युवाहरुलाई विदेश पठाएर देशको श्रोत साधनहरु विदेशीलाई सुम्पने कार्य भइरहेकोप्रति नेमकिपाले विरोध गर्दै आएको बताउनु भयो ।

हिमाल देखि पहाड, तराईसम्मका जनताकालागि जनताको सहभागिमतामा निःस्वार्थ रुपमा सेवा गर्न आवश्यक भएको भन्दै सचिव सुवालले स्थानीय जनप्रतिनिधीहरुलाई राम्रो कामगर्न दिएको भए देश विकास भइसक्ने थियो भन्नु भयो । देशमा सन्तुलित विकास गर्नुपर्नेमा जोड दिदै सांसद सुवालले ठूलो कुरा गरेर नहुने टोलबाट वडाबाट जिल्लाबाट विकास नगर्नेहरुले पैसा र सामान बाडेर निर्वाचन जितेर सरकारमा जानेहरुबाट देश विकास नभइरहेको ३५ वर्ष देखि हामीले देख्दै आएको प्रष्ट्याउनु भयो । उहाँले सरकारमा जानेहरु बाहिरबाट हेर्दा राम्रा निःश्वार्थ कुरा गर्ने, इमान्दारिताको कुरा गर्ने सरकार भित्र गएपछि बिग्रिएको चर्चा गर्नु भयो । विचार गोष्ठीमा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य दिल्लिप्रसाद काफ्ले सरकारमा जाने दलहरुले एक एक गरी देशको जलश्रोतका साधनहरु विदेशीको हातमा सुम्पिनु देशघाटी कार्य भएको बताउनु भयो । सो अवसरमा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन, सृजना सैंजू, योगेन्द्रमान विजुक्छे, सुनिल दुवाल, सुजन माक सहितका अतिथिहरुले नेमकिपाले स्थापनाको इतिहास देखि अमेरिकाको एमसीसी परियोजनाको देशघाटी कार्य र चीनको विश्वहितकालागि थालिएको विआआई परियोजनाहरुको समीक्षा गर्दै साम्राज्यवादीहरुको फासिवाद, ब्रिक्स सम्मेलनका प्रभावहरु तथा नेमकिपाको राष्ट्रिय अन्ताष्ट्रिय भुमिकाहरु बारे आआफ्नो प्रस्तुती गरेको थियो