स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन
कार्यान्वयनमा साथ दिने प्रधानमन्त्रीको प्रतिबद्धता, कार्ययोजनासहित प्रतिवेदन सार्वजनिक गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक सम्भु आचार्य तथा सदस्यहरु डा. रघुराज काफ्ले, डा. भगवान कोइराला तथा सदस्य सचिव सरोज शर्मासँग प्रतिवेदनको प्राप्तिबारे जानकारी लिंदै प्रधानमन्त्री ओलीले कार्ययोजनाका साथ आउन आग्रह गरे ।
‘एक साताभित्र कार्ययोजना लिएर आउनुहोला,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने बताए ।
भेटमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । ‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत हुनेछौं ।’
मन्त्री पौडेलले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने र सरकारले मुख्य सुझाव पनि कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाउने बताए ।
स्वास्थ्य बीमामा नागरिक पहुँच अभिवृद्धि गर्न र सेवा स्तरीय दिनका लागि सुझाव दिन भन्दै विश्व स्वास्थ्य संगठनका पूर्व उच्च अधिकारी डा. आचार्यको नेतृत्वमा मन्त्री पौडेलले सुझाव कार्यदल गठन गरेका थिए ।
प्रतिवेदनमा उठाइएका विषयको कार्यान्वयन ढाँचाबारे अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरिरहेको छ ।
मन्त्री पौडेलले नीतिगत सुधार, सेवाको गुणस्तर सुधार तथा श्रोतको वृद्धिमा जोड दिंदै आएका छन् । श्रोत पर्याप्त नहुँदा तथा विगतको भुक्तानी ढिलाइ हुँदा स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुको बक्यौता रकम भुक्तानी गर्न कठिनाइ भोग्दै आइरहेको छ । श्रोत वृद्धि तथा सरकारी निकायबाट छरिएको स्वास्थ्य उपचार राहतसम्बन्धी सेवा तथा बीमा कार्यक्रम एकीकृत गर्न सकिएमा आफूले घोषणा गरेको पाँच लाख बीमा सम्भव हुने मन्त्री पौडेलले बताउँदै आएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी…’ सार्वजनिक
2026-11-08 Comments Off on सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी…’ सार्वजनिक
सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी...’ सार्वजनिक काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक, संगीतकार...
लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
2026-11-08 Comments Off on लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रमलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को नया“ गठित उपसमितिका सदस्यहरुलाई स्वागत तथा परिचयात्मक एवं...
भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार वितरण शनिबार सम्पन्न
2026-11-07 Comments Off on भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार वितरण शनिबार सम्पन्न
प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार...
भ्रष्टाचार विरोधी आन्दोलनले भक्तपुरका जनता सचेत ः बिजुक्छेँ
2026-11-07 Comments Off on भ्रष्टाचार विरोधी आन्दोलनले भक्तपुरका जनता सचेत ः बिजुक्छेँ
भ्रष्टाचार विरोधी आन्दोलनले भक्तपुरका जनता सचेत ः बिजुक्छेँभक्तपुर, २१ कार्तिकजनताले राखेको पैसाको हिसाब माग्दा दिन नसकेको र हिसाब पारदर्शी रुपमा...
तिहारको माहोलमा हेनी बेकरको ‘जाउ है’, बिधानको परिकल्पनामा बन्यो आकर्षक भिडियो
2026-11-07 Comments Off on तिहारको माहोलमा हेनी बेकरको ‘जाउ है’, बिधानको परिकल्पनामा बन्यो आकर्षक भिडियो
तिहारको माहोलमा हेनी बेकरको ‘जाउ है’, बिधानको परिकल्पनामा बन्यो आकर्षक भिडियो काठमाडौँ । चाडपर्वको रौनकसँगै नेपाली सङ्गीत बजारमा नयाँ प्रस्तुति...














