समाजसेवी स्व.कुमार चवालको आज लक्च, गःहिटीमा भोली श्रद्धाञ्जली सभा हुने

समाजसेवी स्व.कुमार चवालको आज लक्च, गःहिटीमा भोली श्रद्धाञ्जली सभा हुने
भक्तपुर, पुस १५ गते
नेपाल मजदुर किसान पार्टीका एक सिद्धान्तनिष्ट कार्यकर्ता एवं समाजसेवी स्व.कुमार चवालको सम्झनामा श्रद्धाजली सभा गर्ने भएको छ । नेमकिपा ४ वडा समितिले भोलि साँझ ४ः३० बजे गःहिटी चोकमा श्रद्धाञ्जली सभा गर्ने भएका हुन । सो अवसरमा उहाँले राजनैतिक, सामाजिक, साास्कृतिक क्षेत्रमा खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवाल सहितका अतिथिहरुले स्व. चवालप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
सहपाठी न्हुछे भक्त भेलेका अनुसार स्व. कुमार चवाल २०३४ साल देखि निरन्तर रुपमा नेमकिपाको सिद्धान्त र निर्देशन अनुसार सक्रिय राजनीतिमा रहेको जनाएको छ । २०४२ सालको आन्दोलन र २०६० सालमा जेल जीवन बताएको स्मरण गर्दै उहााले प्रहरी हिरासतमा समेत उहाँले त्यसबेला तपाईको पेसा के हो ? भनि प्रहरीले सोधपुच्छ गर्दा मेरो पेसा राजनीती हो भनेर निडरताका साथ नेमकिपाको सिद्धान्त र आस्थामा प्रतिबद्ध रहेको व्यक्ति भएको उहाँले जनाएको छ ।


स्व. चवाल बितेको ४ औं दिनमा आज नेवारी परम्परा अनुसार लक्चको क्रममा नेमकिपा ४का अध्यक्ष समेत रहेका भेलेले स्व. चवालको सम्झना गर्दै सो कुरा अवगत गराएका हुन । स्व. चवालको योगदान बारे थप जानकारी सोमबार गःहिटीमा हुने श्रद्धाञ्जली सभाका अतिथिहरुले व्यक्त गर्ने उहाँले बताउनु भयो ।
स्व. कुमार चवाल पिता तुल्सी चवाल र माता हिरामाया चवालको कोखबाट २०२० साल कार्तिक १४ गते लाकुलाछे टोलमा जन्मेका थिए ।
२०३४ साल देखि नेमकिपाको वर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध भएर सक्रिय भुमिकामा रहेको बताउनु भयो । स्व.चवाल बाल बालिका देखि जेष्ठ नागरिक सम्मका लागि लोकप्रिया व्यक्तित्व भएको उल्लेख गर्दै उहाँ प्रति एक मिनेट मौउन धारण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।