यातु गणेशमा “कुटपिट गर्ने मानिसहरु पक्राउ”
भक्तपुर, पुस २ गते
जिल्ला प्रहरी परिसर भक्तपुरले कुटपिट गर्ने मानिसहरुलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १०स्थित कमलविनायकको यातु गणेश मन्दिर अगाडी गम्भिर घाइते हुने गरी रन्जित कार्कीलाई कुटपिट गर्ने मानिसहरुलाई प्रहरीको अनुसन्धानबाट पक्राउ गरेको हो । अचेत अवस्थामा घाइते भएका कार्कीलाई प्रहरीले हिजो विहान उद्धार गरी अस्पताल लगिएको थियो । मंसिर ३० गते राति १० बजे भएको कुटपिटबाट सक्त्र घाईते कार्कीलाई पुस १ गते विहान मात्रै उद्धार गरेको थियो । स्थानीय समुदायले खबर गरेपछि मन्दिर परिसरको सिसि क्यामेराको साहयतामा प्रहरीले कुटपिटमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । घाइते कार्कीको भने हाल भक्तपुर अस्पतालबाट रिफर गरी काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जनाएको छ । घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेको भन्दै भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने वर्ष १८ को आशिख सिजखो, जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ खरिपाटी बस्ने वर्ष १८ को समिर नेपाली, जिल्ला काभ्रे पाँचखाल नगरपालिका वडा नं. १० घर भई हाल भक्तपुर छालिङ बस्ने वर्ष १८ को साजन तामाङ, ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष १८ को संजिब तामाङ, जिल्ला सिन्धुली मरीण गाँउपालिका वडा नं. २ घर भई हाल भक्तपुर खरिपाटी बस्ने वर्ष १८ को अशोक तामाङ र जिल्ला बारा घर भई हाल भक्तपुर खरिपाटी बस्ने वर्ष १८ को सुमन तामाङ रहेका छन् । सूचना अधिकारी नेउपानेका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत भक्तपुरबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
Featured Posts – Style 1
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
2026-07-30 Comments Off on स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्षडा. सबिहा यासमिननेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो केवल सरकारी...
भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
2026-07-30 Comments Off on भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा होस्टेलहरुमा बिहिबार अनुगमन गरियो । हेलो सरकारमा गरेको...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
2026-07-30 Comments Off on राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला काठमाडौं – नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवद्र्धन तथा उत्कृष्ट...
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
2026-07-30 Comments Off on बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो नेपालगन्ज । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा...
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
2026-07-30 Comments Off on उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।भक्तपुर, श्रावण १३ गतेभक्तपुर जिल्ला सितोरियो कराते संघले आज गुरु पूर्णिमाको अवसरमा बंलादेशमा...













