च्वापुगुँ थे तुयुगु योमारी (हिमाल जस्तो सेतो योमारी)
भक्तपुर, मंसिर २३ गते
भनपा७ वाँचुत्व खँचा छोरी समूहले नेपाल भाषाको च्वापुगुँ थे तुयुगु योमारी (हिमाल जस्तो सेतो योमारी) नामक सव्यदृष्य सहितको गीत सार्वजनिक गरेको छ । आज गोल्मढी भक्तपुरमा आयोजित एक समारोह बीच भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सो गीतको विमोचन गरेका हुन । योमारी पुन्हीलाई लक्षित गर्दै सो समूहले यामारी बनाउने विधि सहित मनोरञ्जनात्मक रुपले गीत मार्फत योमारी संस्कृतिलाई प्रस्तुत गरेका हुन ।


गीत सार्वजनिकीकरण गर्दै उपप्रमुख जोशीले नेवार समुदायमा योमारी जस्तो धरै मौलिक परिकारहरु रहेकोले योमरीको गीत जस्तै अन्य मुत्र्त अमृर्त सम्पदाहरुको पनि प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई प्रशिक्षित गर्न आवश्यक भएकोमा जोड दिए । कार्यक्रमका विशेष अतिथि भनपा ७का वडाध्यक्ष उकेश कवांले सार्वजनिक गीतले योमारी संस्कृति बारे जानकारीमूलक सन्देश दिएपनि जनजीवनले मनाउने वास्तविक स्वरुपलाई जस्ताको तस्तै देखाउन सके अझ बढीप्रभावकारी हुने आयोजकहरुलाई सुझाव दिएका थिए ।
अग्रज किसान कार्यकर्ता मोहनबीर कुस्मा सहितका अतिथिहरु र महिला दिदी बहिनीहरुको सहभागितामा आयेजित सो कार्यक्रम समूहका अध्यक्ष विष्णु केशरी ख्याजूको सभापतित्वमा भएको थियो । सो कार्यक्रममा स्थानीय जनप्रतिनिधी मञ्जु लाखा, रचनाकार कृष्णप्रसाद दुमरु, समूहका सल्लाहकार बद्रीराम छुस्याबाग, मैयाँकेशरी कुस्मा सहितका अतिथिहरुले नेवार समुदायको योमारी संस्कृति र परम्पराको महत्व बारे प्रकाश पार्दै गीतले संस्कृति संरक्षण, प्रवर्धन र नयाँ पुस्तालाई प्रशिक्षित पार्न सहयोग पुग्ने धारणा राखेका थिए ।














