पूर्व अध्यक्ष स्व. ढुगनाप्रति टीआई नेपालद्वारा शोक व्यक्त
काठमाण्डौ, मंसिर ४ गते
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका संस्थापक तथा पूर्व अध्यक्ष दमननाथ ढुंगानाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै टीआई नेपालले शोक विज्ञप्ति जारी गरेको छ । पूर्व अधयक्ष ढुंगानाको निधनले हामी स्तब्ध भएका उलेख गर्दै अध्यक्ष मदनकृष्ण शर्माले आजभन्दा २९ वर्षअघि नेपाली समाजका केही प्रबुद्ध व्यक्तिहरूको अग्रसरतामा यस संस्था स्थापना गर्न÷गराउन स्वर्गीय ढुंगानाको महत्वपूर्ण योगदान रहेको बताएका छन् । संस्था स्थापना भएको केही वर्षपश्चात् अध्यक्षको हैसियतले नेपालमा नागरिक स्तरबाट भ्रष्टाचार विरोधी अभियान संस्थागत गराउन उहाँले विविध कार्यक्रमको सुरुवात पनि गर्नुभएको थियो ।
स्व. ढुंगाना मानवअधिकार, संविधान तथा कानुन, न्याय, समाजसेवा लगायत राजनीतिमा पनि लामो समयदेखि सक्रिय रहँदैआउनु भएको भन्दै अध्यक्ष शर्माले उहाँ २०४६ सालमा बहुदलीय व्यवस्थाको पहिलो सभामुखको रुपमा पनि निर्वाचित हुनुभएको र अथक चिन्तनशील र सेवाभावी भएको जनाएको छ । उहाँको निधनबाट यस संस्थाले आफ्नो एक शुभचिन्तक गुमाएको अनुभूति गरेको अध्यक्ष शर्माले जनाएको छ । यस दुःखद् घडीमा उहाँको आत्माको चिर–शान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल प्रार्थना गर्दछ विज्ञप्तिमा भनिएको छ । अध्यक्ष शर्माले श्रद्धाजली विज्ञप्तिमार्फत भने
उहाँले प्रस्तुत गर्नुभएको आदर्शको उच्च कदर गर्दै यस संस्थाका पदाधिकारी, सदस्य र कर्मचारी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
सञ्चारकर्मीमाथिको गिरफ्तारी र प्रशासनिक कार्वाहीप्रति तराई-मधेस लोकतान्त्रिक पार्टीको गम्भीर आपत्ति
2026-11-01 Comments Off on सञ्चारकर्मीमाथिको गिरफ्तारी र प्रशासनिक कार्वाहीप्रति तराई-मधेस लोकतान्त्रिक पार्टीको गम्भीर आपत्ति
सञ्चारकर्मीमाथिको गिरफ्तारी र प्रशासनिक कार्वाहीप्रति तराई-मधेस लोकतान्त्रिक पार्टीको गम्भीर आपत्ति जनकपुरधाम, धनुषा तराई-मधेस लोकतान्त्रिक पार्टीले संवैधानिक निकाय तथा राज्यका संयन्त्रहरूको...
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ
2026-11-01 Comments Off on भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ भक्तपुर, मिति २०८३ कार्तिक १५ जिल्ला प्रहरी परिसर, भक्तपुरले प्रतिबन्धित लागूऔषधसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा...
गायिका अमृता लुङ्गेली मगरको तिहार गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक
2026-11-01 Comments Off on गायिका अमृता लुङ्गेली मगरको तिहार गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक
गायिका अमृता लुङ्गेली मगरको तिहार गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक काठमाण्डौं । अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको...
वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने
2026-11-01 Comments Off on वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने
काठमाडौं,कात्तिक १५ । वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने भएको छ ।...
राेटरीकाे पुस्तक प्रदर्शनीमा भसासकाे गजल वाचन कार्यक्रम ।
2026-11-01 Comments Off on राेटरीकाे पुस्तक प्रदर्शनीमा भसासकाे गजल वाचन कार्यक्रम ।
राेटरीकाे पुस्तक प्रदर्शनीमा भसासकाे गजल वाचन कार्यक्रम ।भक्तपुर,राेटरी क्लव अफ भक्तपुरले कार्तिक १२ देखि १४ गतेसम्म भक्तपुरकाे दरवार स्कवायर, विद्यार्थी...














