स्वीस रेडक्रसका प्रतिनिधिहरुद्धारा चाँगुनारायणका ज्येष्ठ नागरिकहरुसंग भेटघाट र अन्र्तक्रिया ।
२९ कार्तिक २०८१
दुवाकोट, भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत आज चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा जेष्ठ नागरिक मिलन चौतारीका ज्येष्ठ नागरिकहरु र स्विस रेडक्रसका प्रतिनिधिहरूबीच अन्र्तक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएकोछ ।
स्वीस रेडक्रसका प्रतिनिधिहरुलाई स्वागत गर्नुहुदै चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोमप्रसाद प्रधान ज्यूले चाँगुनारायण नगरपालिकाले जेष्ठ नागरिकहरूप्रति संवेदनशील भई जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू सञ्चालन गरीरहेकोे बताउनुभयो । उहाँले नगर प्रमुख जीवन खत्रीज्यूको विशेष पहलमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको समन्वयमा स्वीस रेडक्रससंगको साझेदारीमा सहारा कार्यक्रम कायान्वयनमा आएको बताउनुभयो ।


हनुमानटार जेष्ठ नागरिक मिलन चौतारी का अध्यक्ष लक्ष्मीभक्त सुवालज्यूले हालसम्म हनुमानटार जेष्ठ नागरिक मिलन चौतारीले गरेका गतिविधिहरूको बारेमा सबैलाई जानकारी दिनुभएको थियो । उहाँले ज्येष्ठ नागरिकहरुका लागी स्वास्थ्य शिविर, योग अभ्यास, सहयोगी सामग्रीहरु वितरण, धार्मिक भ्रमण लगायतका कार्यहरु सञ्चालनमा ल्याएकोमा नगरपालिका तथा रेडक्रसलाई धन्यवाद दिनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुको लागी सामुदायिक भवनको व्यवस्था, मनोरञ्जनका लागि वाद्यवाधन सामग्रीहरु लगायतको व्यवस्थापनको लागि वडा मार्फित नगरपालिकालाई अनुरोध गर्नुभयो ।
स्वीस रेडक्रसका तर्फबाट पाल्नुभएका प्रतिनिधिहरु ब्ललभततभ थ्यलमष्लिन, ःष्अजबभ िप्बmभल, ग्चकगबि क्अजmष्म ले आफू यस चाँगुनारायण नगरपालिका वडा नम्बर २ का जेष्ठ नागरिकहरूसँग भेट गर्न पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । हाल जेष्ठ नागरिकहरूको जनसङ्ख्या पनि बढ्दो क्रममा रहेकोले जेष्ठ नागरिकको क्षेत्रमा स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना मार्फत आफूहरू पनि समावेश हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । चाँगुनारायण नगरपालिकाको जेष्ठ नागरिकको रुपमा आफू पनि जेष्ठ नागरिक भएपछि गौरवका साथ यस नगरपालिकामा जीवनयापन गर्न इच्छुक रहेको कुरा पनि व्यक्त गर्नुभयो ।


नेपाल रेडकस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेज्यूले सहारा परियोजनाको उद्देश्य र गतिविधिहरू लगायत जेष्ठ नागरिकको क्षेत्रमा आवश्यक रुपमा गरिनुपर्ने गतिविधिहरूको जानकारी दिनु भएको थियो । उहाँले स्थानीय तहसंगको सहकार्यमा ज्येष्ठ नागरिकहरुको मुहारमा खुशी ल्याउने कार्यक्रम रेडक्रसले सञ्चालन गर्न पाउँदा खुशी लागेको बताउनुहुदै सबै सरोकारवाला निकायहरुको साथ र सहयोगमा प्राभावकारी रुपमा परियोजना सञ्चालन गरिने बताउनुभयो ।
चाँगुनारायाण नगरपालिकाका विपद् विज्ञ एवं सहारा परियोजनाका संयोजक दिनेश थापाले नगरपालिकाले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेका कार्यक्रम तथा गतिविधिहरुको बारेमा जानकारी दिनुहुदै नगरपालिकाले ज्येष्ठ नागरिक मिलन चौतारी सञ्चालनको लागि ४० लाख र सहारा परियोजनाका लािग ३० लाख बजेट बिनियोजन गरेको बताउनुभयो ।
छलफल तथा अन्र्तक्रिया कार्यक्रममा स्वीस रेडक्रसका राष्ट्रिय प्रतिनिधि कमल बराल, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका स्वास्थ्य विभाग उपनिर्देशक बालकृष्ण सेढाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका सहारा परियोजना संयोजक राजु राउत ,नेरेसो भक्तपुर जिल्ला शाखा प्रमुख उमा थापा, नगरपालिकाका परियोजना सहायक सञ्जय अवाल, वडाका कर्मचारीहरु लगायत ५० जना भन्दा बढी जेष्ठ नागरिक महानुभावहरूको उपस्थिती रहेको थियो











