भवानी जोशी सेवा प्रतिष्ठानको उद्घाटनमा विविध सम्मान

भवानी जोशी सेवा प्रतिष्ठानको उद्घाटनमा विविध सम्मान
( राजुराम मुनंकर्मी
भक्तपुर,
स्व। कवि एवम् सामाजिक अभियन्ता भवानी जोशीको सपना साकार पार्न उहाँको परिवारको अथक प्रयास स्वरूप स्थापना गरिएको भवानी जोशी सेवा प्रतिष्ठानको एक समारोहका बीच भक्तपुर स्थित हेरिटेज पार्टी प्यालेसमा प्राुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।
सोही समारोहमा प्रमुख अतिथि बिजुक्छेंले प्रतिष्ठानको लोगो अनावरण, आधिकारिक वेभसाइट सार्वजनिकिकरणसँगै स्व। भवानी जोशीको कवितासंग्रह ूउपहारू को लोकार्पण समेत गर्नुभयो । सभ्य र भव्य रूपमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानले संस्कृतिविद् एवम् वरिष्ठ साहित्यकार तेजेश्वर बाबु ग्वंगस्लाई प्राज्ञ सम्मान, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सम्पदा संरक्षण,सम्वर्द्धनमा पुर्याएको योगदानको सम्मान, डा।सुदीप श्रेष्ठलाई चिकित्सा क्षेत्रमा योगदान सम्मान, भक्तपुरका विजेश बज्राचार्यलाई विलक्षण प्रतिभा पुरस्कार, मानव कल्याण समाजका अध्यक्ष सुनिता चौलागाईंलाई सामाजिक उतरदायित्व योगदान सम्मानलगायत अन्य ५ जना व्यक्तित्वहरू लेखराज बज्राचार्य, डा। ओमारमान प्रधान, पवन नरेश हरजानी, प्रभात छेत्री, सरोज काजी तुलाधरलाई प्रतिष्ठानलाई टेवा पुग्ने गरी विविध कोषको लागि पुर्याएको विशेष योगदानकर्ताको सम्मान गरिएको थियो ।


भवानी जोशी सेवा प्रतिष्ठानका अध्यक्ष एवम् स्व। भवानी जोशीका पति समाजसेवी राजाराम जोशीले कार्यक्रमको अध्यक्षता गर्नुहुँदै आफ्नो मन्तव्यको क्रममा प्रतिष्ठानले परोपकार संस्थामा भक्तपुरका १ जना अनाथलाई निस्शुल्क शिक्षा प्रदान गर्न २०४७ साल देखि समाजसेवाको थालनी गरी हालसम्म आईपुग्दा बाल्मिकी आश्रम, भक्तपुरमा राधाकृष्ण मूर्ति स्थापना, वाराही मन्दिर पुनर्स्थापनामा सहयोग, बाढी राहत कोषमा सहयोग, साई बाबा मन्दिर, शान्ति आश्रम, सिद्ध बाबा, डोलेश्वर मन्दिर, तिलमाधव नारायणा, न्यातपोल, मठ मन्दिर गाई बचाउ अभियान, श्याम सुन्दर भजन मण्डल, कृष्ण मन्दिरलगायतमा आर्थिक सहयोग प्रदान गरिंदै आएको चर्चा गर्नुभयो ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, जोशी परिवारका आफन्तजन र इष्टमित्रहरूलगायतलाई स्व। भवानी जोशीकी जेठी छोरी प्रा।डा। नीरा जोशीले स्वागत गर्नुभयो भने कान्छी बुहारी एलिस्का बज्राचार्यले कृतज्ञता ज्ञापन गर्नुभयो ।
शिला कर्माचार्यको प्रस्तुतिकरणमा सम्पन्न उक्त समारोहमा प्रतिष्ठानका महासचिव एवम् स्व। भवानी जोशीका जेठा छोरा प्रा।डा।रोविन जोशीले प्रतिष्ठानको गतिविधिमाथि प्रकाश पार्नुभयो भने कोषाध्यक्ष एवम् कान्छो छोरा सविन जोशीले शिक्षा, स्वास्थ्य, सम्पदा, साहित्य, संस्कृति, धार्मिक, पर्यावरण, सामाजिक उतरदायित्व वहनको लागि प्रतिष्ठानले १ करोडको अक्षयकोष स्थापना गरी सहयोग गर्ने प्रतिबद्धता र योगदानबारे चर्चा गर्नुभयो ।
राष्ट्रियगानबाट शुरू भएको उक्त कार्यक्रमको प्रमुख आकर्षणको रूपमा मानव कल्याण समाजका पञ्चकन्याबाट स्वागत नाच, ५ जना वटुकद्वारा वेद वाचन, प्रमुख अतिथिसँगै जोशी परिवारका कान्छी सदस्य आभ्या भवानी जोशीद्वारा दीप प्रज्वलन गरी उद्घाटन, पुष्पाञ्जली, विभिन्न व्यक्तिलाई कदरपत्र प्रदान, भवानी जोशीको जीवनीमा आधारित भिडियो प्रदर्शनलगायत रहेको थियो ।
त्यसैगरी कार्यक्रममा सम्मानित व्यक्तित्व तेजेश्वर बाबु ग्वंगःले मन्तव्य, सुमित्रा चौलागाईंले भावुक मन्तव्य, स्व। भवानी जोशीकि जेठी नातिनी सेरेना मास्केले छोटो हृदय समर्पण मन्तव्य व्यक्त गर्नुभयो भने अगिव बनेपाली, तिलक प्रकाश, राजुमृगेन्द्र जोशीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सोही दिन प्रतिष्ठानको तर्फबाट अध्यक्ष राजाराम जोशीले भक्तपुर विकास सहयोग सङ्घका अध्षक्ष राजुमृगेन्द्र जोशीलाई पौष ४ गते हुने खोपृङ नवदुर्गा सङ्कल्प भोजन कार्यको लागि रू ५१,०००र( को चेक हस्तान्तरण गर्नुभयो ।
९सम्पन्न मिति स् २०८१ मंगसिर १ गते शनिबार०