रसियाका ख्याति प्राप्त कलाकारहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर । २०७६ फागुन १९ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रसियाबाट आउनुभएका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुलाई सोमबार भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो । रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका निर्देशक युलिया एलेक्जान्दरको नेतृत्वमा आउनुभएको भ्रमण टोलीमा रसियाका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा क्षेत्रहरुको अवलोकन गर्नुका साथै भक्तपुरको मौलिक हस्तकला, जीवनशैली, रहनसहनको स्थलगत अवलोकन गर्नुभयो ।