भक्तपुरमा मनाइयो ऐतिहासिक पञ्चदान पर्व

भक्तपुरमा मनाइयो ऐतिहासिक पञ्चदान पर्व
भक्तपुर, भाद्र १५ गते
भक्तपुरको ऐतिहासिक पन्चदान पर्व आज धुमधामले मनाएका छन् । बौद्धमार्गि र हिन्दु समुदायको साझा पर्वको रुपमा सदियौ देखि मनाउँदै आएको पञ्चदान पर्व भक्तपुरको सूर्यमढी टोलमा आज विहानबाट सुरु भई भक्तपुर नगर परिक्रममा गरेको छ । समुदायले आआफ्नो खेतवारीबाट उत्पादन हुने अन्न, तरकारी गेडागुडी सहित आफ्नो गच्छेता अनुसार दान गर्ने परम्परा नै पञ्चादान भएको कुरा त्रिविका उपप्राध्यापक डाक्टर पुष्परत्न शाक्यले बताएका छन् । आज भन्दा एक हजार वर्ष पूरानो यो पर्वले बौद्ध शिक्षा लिन भिक्षु भएका वा प्रबचित भएका जोकोहीकालागि समुदायबाट दान दिने लिने पर्वको रुपमा पञ्चदान पर्व मनाउँदै आएको उहाँले बताए ।


भूमिबाट उत्पादन हुने जुनसुकै चिज दान गर्न मिल्ने पर्वको रुपमा पञ्चदान पर्वलाई लिने गरिए पनि अचेल दक्षिणा, विस्कुट, चकलेट सहित आफ्नो इच्छाएका चिजहरु पनि दान दिन थालेका छन् । यस पर्वमा हाय्चा स्वं (सूर्यमुखी फूल) र धानको बाला चढाउने विशेष पर्वको रुपमा पनि लिन गरिएको छ । भक्तपुर नगरभर यात्रा गरी ठाउँ ठाउँमा दिपन्करहरु नचााएर समुदायको पञ्चदान लिने यो पर्व विशेष रहेकाले जिल्लाका विभिन्न क्षेत्रका समुदाय, गुठीहरुले दिपंकरको पूजा गर्न आउने गरेका छन् । व्यक्तिगत र पारिवारिकका साथै गुठी र समुदाय विशेषले विशेष पूजाका साथ पञ्चदान गर्ने पर्वको रुपमा यस पर्वलाई मनाएका हुन ।


नगर परिक्रममा गरी समुदायसँग पञ्चदान लिएपछि तौमढीबाट दिपंकरहरु आआाफ्नो विहारमा फर्किने चलन छ । पञ्चदान लिन आज विहान भक्तपुर नगरपालिका वडा न.१ स्थित थथुबही र कुथुबहीका एक एक दिपञ्कर साथै साँकोठाको दिपक्कर, गोलमढीस्थित झौरबहीका दिपंकर र क्वाठंडौस्थित प्रशन्नशिल महाविरको दिपंकर गरी ५ दिपंकरहरु सूर्यमढीमा जम्मा भएर पूजा थाप्नुका साथै पञ्चदान लिएका थिए । भक्तपुर नगरमा पञ्चादान लिने दिपंकरहरुको विशेष मार्ग छ । जुन मार्ग पछ्याउन सके भन्ने ल्हासा जान सकिन्छ भन्ने जनविश्वास पनि छ ।