इग्लिस स्पिच कम्पिटिशनमा दिपक र एन्जल प्रथम
भक्तपुर, श्रावण ३२ गते
भूवनेश्वरी मा.वि., नखेलले आयोजना गरेको इग्लिस स्पिच कम्पिटिशनमा दिपक मण्डल र एन्जल शाही प्रथम भएका छन् । शुक्रबार विद्यालय प्रांगणमा आयोजित सो प्रतियोगितामा १७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक सुभद्रा लघुले जनाएको छ ।
‘Foreign employment and impacts in Nepalese Society’ शिर्षकमा भएको छात्रतर्फको स्पिच कम्पिटिशनमा जोरपाटी माविका दिपक मण्डल प्रथम, बागेश्वरी मावि सविन सुवाल दृतीय, देवी माविका सुदिन नेपाल तेस्रो भएका थिए भने ‘Brain drain and its impacts in Nepalese’ contest अयलतभकत मा बागेश्वरी माविकी छात्रा एन्जल शाही प्रथम, बासु माविका प्रतिक्षा शाही दोस्रो र पञ्चकन्या माविका रञ्जना दुलाल तेस्रो भएका थिए ।



विजयी विद्यार्थीहरुलाई शुक्रबार आयोजित एक समारोह बीच पुरस्कार वितरण गर्दै सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले विद्यार्थीहरुलाई अनुशासनमा रहेर आफ्नो आचरण विकास गराउनुपर्नेमा जोड दिदै उहाँले संयुक्त परीक्षा समितिका वर्तमान र भावी कार्यक्रमहरुको जानकारी गाराउनु भयो । विद्यालयका प्रधानाध्यापक सुभद्रा लघुको सभापतित्वमा आयोजित सो कार्यक्रममा तारा मा.वि.का प्रधानाध्यापक प्रेमलक्ष्मी त्वयनाले विद्यार्थीहरुमा शारीरिक, मानसिक र बौद्धिक विकासकालागि अतिरिक्त क्रियाकलापको अहंम भूमिका हुने बताएका थिए भने बागेश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले संयुक्त परीक्षा समिति मार्फत यस्तोे कार्यक्रमहरुको आयोजनाले विद्यालय र विद्यार्थीहरु बीच अन्तरसम्बन्ध कायम रहने सहकार्य र सदभावको विकास हुने धारणा व्यक्त गरेका थिए ।
भक्तपुर जिल्लाका १७ वटा विद्यालयका उत्साहजनक सहभागितामा भएको सो कार्यक्रमको सभापति भूवनेश्वरी माविका प्रधानाध्यापक सुभद्रा लघुले विजयता विद्यार्थीहरुलाई बढाई दिदै सभहभागि विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।












