पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सूर्यविनायक नगरपालिका र डोलेश्वरको अवलोकन
रमेश गिरी
भक्तपुर, २९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाा संविधानले स्थानीय निकायलाई प्रशस्त अधिकार दिएकाले ती अधिकारको समुचित प्रयोग गर्दै बिकासमा लाग्न आग्रह गर्नुभएको छ ।
आज सूर्यविनायक नगरपालिका कार्यालय पुगेर यहाँका विकासको गतिबिधिकोबारेमा जानकारी लिदै उहाँले भौतिक विकाससंगै मानसीक बिकासमा पनि लाग्नु सुझाब दिनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ संविधानले सथानीय पालिकाहरुलाई स्थानीय अधिकार रामम्रोसंग दिएको छ, जनतासंग प्रतक्ष्य जोडिएर प्रतक्ष्य सरोकार राख्दै काम गर्ने अवसर दिएको छ, जनतासंग सरोकार रहेका र आफ्ना गाउँघरका समस्याको समाधान गर्ने अवसर पनि पाएको छ ।”
पूर्वराष्ट्रपति भण्डारीले नगरपालिकामा उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समिति जनताको न्याको क्षेत्र भएको बताउनुभयो । उहाँले सबै जनता अड्डा अदालत धाउन सकदैनन् भन्दै स्थानीय समस्या स्थानीयस्तरमै समाधान गर्ने उदेश्यले संविधानमा यस्तो व्यबस्था राखिएको उहाँले बताउनुभयो ।
जनतासंग सुमधुर सम्बन्ध बनाएर कसरी जनतालाई सुख, शान्ति र सम्बृद्धि दिन सकिन्छ भनेर काम गर्न सुझाउदै उहाँले जनताको धेरै समसयालाई समधान गर्दै बिकासका गतिलाई अगाडि बढाउनु पर्ने बताउनुभयो ।
उहाँले पालिकाहरुले भौतिक सिबकास मात्रै नभई मानसिक बिकास र सीपयुक्त बनाउनु पर्ने बताउदै शिक्षा, स्वास्थ्यको साथै दिगो बिकासको लक्ष्य हासिल गर्ने गरि अगाडि बढ्नु पर्ने बताउनुभयो । स्थानीय श्रोत र साधनको उचित प्रयोग एवं संरक्षण गर्दै यहाँका सम्पदाहरुको संरषणमा पनि चासो दिनु पर्ने बताउनुभयो ।
नगरपालिकाको कर्यकक्षमा भएको कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले नगरपालिकाको समग्र बिकासकोबारेमा जानकारी गराउनु भएको थियो । उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई यहााको बिकास, शिक्षा, स्वास्थ्य एवं सम्पादको अबस्थाकाबारेमा जानकार िगराउदै नगरपालिकाको राजनीतिक अबस्थाकाबारेमा समेत अवगत गराउनु भयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “यो नगरपालिकामा विगतमा पनि र अहिले पनि एमाले र काँग्रेसबाट सिवजयी भएका जनप्रतिनिधिहरु रहेका छौँ, यहाा दुई दल भएपनि अहिलेसम्म कुनै बिवाद र समस्यआ आएको छैन, बिकासमा हामी एक भएर मिलेर लागेका छाँे, नगरपालिकाको मुहार फेर्ने हाम्रो प्रयास जारी छ ।”
कार्यक्रममा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले नगरपालिकाको स्थापनाकालदेखि हालसम्म भएको प्रगति र नगरपालिकाको समग्र अबस्थाकोबारेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभयो । नगरपालिकामा प्रमुख थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, नगरकार्यपालिकाका सम्पूर्ण टिम, कर्मचारीलगायतले उहाँले स्वागत गर्नु भएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नगरपालिकाको बिकास र अबस्थाकाबारेमा निकै अभिरुतीपूर्वक चासो राख्नु भएको उपप्रमुख भट्टराईले जानकारी दिनुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा डालेश्वरको दर्शन ः
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको पूजा एवं दर्शन गर्नु भएको छ ।
आज डोलेश्वर मनिदर पुग्नु भएको उहाँले डोलेश्वर मन्दिरको पूजा, दर्शन, आरती गर्नुको साथै मन्दिरको अवलोकन गर्नु भएको थियो । मनिदरमा उहाँलाई नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, नगर प्रमुख वासुदेव थापष, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रवक्ता रबिन्द्र सापकोटा, वडाध्यक्षहरु डोलेश्वर मन्दिर व्यबसथापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालगायतले स्वागत गर्नु भएको थियो ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













