४४ औं तःमुज्याको ग्वसाखल गठन
भक्तपुर, श्रावण २३ गते
४४ औं नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक ब्वज्या भव्य रुपले मनाउन ग्वसाखल गठन गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा पूर्व जनप्रतिनिधी कृष्णभक्त लवजुको अध्यक्षतामा ग्वसाखल गठन भएको हो । नवगठित ग्वसाखलको उपाध्यक्षमा लक्ष्मीप्रसाद चवाल, सचिवमा संजय मानन्धर र कोषाध्यक्षमा नातीभाई ह्यौवासहित ४४ जना सदस्य रहेका छन् । भक्तपुर नगरपालिका वडा नं. ९ र १०को संयुक्त आयोजनामा कमलविनायकस्थित लमुगाः पुखु परिसरमा आयोजना हुने तःमुज्याको ग्वसाखल गठनसँगै अन्य उपसमितिहरु पनि गठन गर्ने तयारी गरेको छ । जनता बाचे भाषा बाच्छ भन्ने उद्घोषका साथ ४४ औं तःमुज्या असोज २८ र २९ गते आयोजना हुने छ ।
फोटोः विकुराम तजले
















