हैजा र डेंगु जस्तो महामारी फैलिन नदिन चा.न.पा.मा पूर्वतयारी सुरु
भक्तपुर, श्रावण १८ गते
काठमाण्डौमा फैलिएको हैजा संक्रमण भक्तपुरमा फैलिन नदिन जनस्वास्थ्य कार्यालय भक्तपुरले पूर्वतयारी थालेको छ । चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधी र जनस्वास्थ्य अधिकृत तथा कर्मचारी एवं स्वास्थ्य चौकीका प्रतिनिधीहरु, विद्यालय नर्सहरुलाई हैजा र डेंगु जस्तो महामारी रोगबारे अभिमुखिकरण गर्दै बसेको नगरस्तरीय बैठकले माहामारी जन्य प्रकोप ब्यवस्थापनकालागि प्रत्येक वडामा रहेको टिमलाई आवश्यक औषधी र सामग्री सहि तयारी अवस्थामा राख्ने, हैजा तथा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापनकालागि टोल टोलमा व्यापक रुपमा जनचेतना फैलाउन विद्यालय तथा विद्यालय नर्सहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । साथै खानेपानीको निगरानी तथा परिक्षण नियमितरुपमा गर्ने भनिएको छ ।

बैठकमा बोल्दै नगर प्रमुख जीवन खत्रीले विपद् आउनु भन्दा पहिल्यै पूवतयारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिदैँ उहाँले जनताले अनूभूति हुने गरी काम गर्नुपर्नेमा जोड दिनु भयो । निर्वाचनको बेला जति जनचासो र सामिप्यताा थियो त्यो भन्दा फरक परिवेश बनेको प्रति समीक्षा गर्दै कर्मचारी र जनप्रतिनिधीले जति काम गरेपनि जस नपाउने अवस्थाबाट नगरवासीले अनुभूति हुने गरी कार्य गर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुम्मेगाईले चाँगुनारायण नगरपालिकाले महामारीसँग सामना गर्न आर्थिक भौतिक अभाव हुन नदिई नगरवासीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्ने बताउँनु भयो । महामारीको बेला कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकार तथा सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै उहाँले महामारीको अवस्था आउन नदिन पूर्वतयारी स्वरुप लाग्न आग्रह गर्नु भयो ।


कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले ललितपुर, कामाण्डौ र कैलालीमा हैजा महामारीको रुपमा फैलि रहेको बेला चाँगु नगरले हैजा रोकथामकालागि पूर्वतयरी गर्नु प्रशंसनीय कार्य भएको भन्दै उहाँले जनमानसमा लुप्त रुपमा रहेको हैजा भक्तपुरमा पनि फैलिन सक्ने भएकाले खानेपानी र ढल मिसिन नदिन, सरसफाईमा ध्यान दिने विषयमा नागरिकस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयाृे ।
सो अवसरमा माहामारीको रुपमा फैलि रहेको डैंगु संक्रमणको अवस्थाहरुको प्रस्तुतिकरण गर्दै क्षयकुष्ठ रोग अधिकृत दिपक अछामीले बढ्दो डेंगु संक्रमण नियन्त्रण र प्रतिकार्य सम्बन्धि जानकारी प्रस्तुत गर्नु भयो । जनस्वास्थ्य शाखा चाँगुनारायण नगरपालिकाका शाखा प्रमुख सत्यकुमार दुवालले सहजिकरण गरेको सो कार्यक्रममा सहभागिहरु बीच हैजा र डेंगु जस्तो महामारीबाट सुरक्षित व्यवहार बारे अन्तरक्रिया समेत भएको थियो । चागुनारायण नगर अस्पतालमा हैजाका संभावित विरामी देखिने बितिकै पुर्वतयारी स्वरुप सो कार्यक्रम आयोजना गरेको थियो ।













