पहिरोमा परि २४ घण्टामा १५ जना र अहिलेसम्म १०३ जनाको मृत्यु
२४ घण्टामा नेपालमा पहिरोमाा परेर १५ जनाको मृत्यु भएको छ । आज सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग भएको छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले आजदिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको बताउनुभयो । यसै बीच अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपदका घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपदमा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी एक सय तीन जनाको मृत्यु भएको हो । गोर्खापत्र अनलाइनका अनुसार काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय नौ जना घाइते भएका छन् । कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी ५३ जनाको उद्धार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी छ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ । बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । एक सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उक्त अवधिमा विपदका घटनाबाट तीन हजार पाँच सय ४७ परिवार विस्थापित भएका छन् ।
Featured Posts – Style 1
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
2026-07-28 Comments Off on कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न १४ टोलीको सहभागिता, नेपाल न्याय च्याम्पियन, भक्तपुर बार ‘ए’...
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
2026-07-28 Comments Off on स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायोचापाकोट (पोखरा) ः स्वतन्त्र पत्रकार संघले सदस्यता खुलाएको छ । पर्यटकीय राजधानी पोखराको चापाकोटमा आइतबार सम्पन्न...
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...













