इन्डोस्कोपी पस्चातै विरामी कोमामा कसरी पुग्यो ? निःशुल्क उपचारको माग गर्दै डा.इवामुरा अस्पतालमा पीडितहरुले दिए धर्ना

इन्डोस्कोपी पस्चातै विरामी कोमामा कसरी पुग्यो ? निःशुल्क उपचारको माग गर्दै डा.इवामुरा अस्पतालमा पीडितहरुले दिए धर्ना
भक्तपुर, १५ असोज
सामान्य अवस्थामा उपचारका लागि अस्पताल पुगेका ब्यक्ति इन्डोस्कोपी पस्चातै सिकिस्त भई कोमामा पुगेपछि सल्लाघारी स्थित डा. इबामुरा मेमोरियल अस्पतालमा आज दिनभर विरामीका आफन्तहरुले धर्ना दिएका छन् । भक्तपुर नगरपालिका वडा नम्वर ७ स्थायी घर भई हाल भनपा ८ च्याम्हासिंह बस्दै आएका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको अहिले ज्यान जोखिममा परेको भन्दै परिवार र टोलबासीहरुले अस्पतालमा धर्ना दिएका हुन । घर्नासँगै विरामीको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै आज दिउँसो अस्पताल प्रशासनसँग बार्ता थालेका छन् । विरामी लाखाका भाई विजेस लाखाका अनुसार विरामी सिकिस्त भएपछि काठमाण्डौको नर्भिक अस्पतालमा थप उपचार भइरहेको छ । भन्टिलेटरबाट झिक्ने बितिक्कै विरामी दाजुको मृत्यु भइ सक्ने अवस्थामा कसरी पुयो? भनि इवामुरा अस्पतालका प्रसासकहरुसँग पटक पटक कुरा गर्दा पनि चित बुझ्दो जवाफ नदिएपछि आज अस्पतालमा धर्ना दिन पुगेको उनले बताए ।


सामान्य अवस्थामा उपचारका लागि अस्पताल पुगेका विरामी कसरी सिकिस्त हुन्छ ?भन्दै अस्पताल र चिकित्सकको लापर्वाहीकै कारण विरामीको ज्यान खतरामा पुगेको उल्लेख गर्दै अस्पताल प्रसासनसँग थप उपचार निःशुल्क गर्न माग गरेका हुन ।
स्वासप्रस्वासमा केही समस्या भएको अनुभूति गर्दै पारिवारिक सल्लाह र साथीभाईसँग हाँसिखुसी गर्दै गत शुक्रबार बिहान इवामुरा अस्पताल सल्लाघारीमा इन्डोस्कोपी गर्न पुगेको परिवार स्रोतको भनाई छ । हिडेर रै तीन तल्ला माथि पुगेर इन्डोस्कोपी गर्न पुगेका लाखाको इन्डोस्कोपी पश्चात नै कोमामा पुर्याउनुपर्ने गरी सिकिस्त अवस्थामा पुगेपछि अचम्भित भएका आफन्तहरुले विहिवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त बनेको थियोे । बाक्लो प्रहरी सुरक्षाका बीच विरामीका आफन्तले यथार्थ कुरा बाहिर ल्याउन र विरामीको थप उपचारको व्यवस्था गर्न माग गरेका हुन ।
अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजु अन्तिम अवस्थामा पुगेको परिवारस्रोतले जनाएको छ ।
इन्डोस्कोपी गर्दागर्दै इवामुरा अस्पतालले एक्सपायरड भन्दै मृत्यु भएको रिपोर्ट दिएपछि आत्तिएका उनका भाइ विजेस लाखा र छोरा नविनले तत्काले अर्को अस्पतालमा लान जोडबल गरेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।


सो सम्बन्धमा अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले विरामी व्यक्तिको थप उपचार भइरहेको बारे विरामीका भाईसँग कुरा भइरहेको बताए । इवामुरा अस्पतालको तर्फबाट केही कमिकमजोरी भएको भए आफुहरु जिम्मेबार हुने उल्लेख गर्दै व्यवस्थापक मारिखुले निश्पक्ष छानविन गरी दिन आग्रह गरे । विरामीमा केही रोग भएरै अस्पताल आएको हो उपचार गर्नेक्रममै सिकिस्त भए त कसरी अस्पताल जिम्मेबार हुने? उनको प्रतिप्रश्न थियो ।
इन्डोस्कोपी गर्दैमा मानिसको ज्यान सिकिस्त हुन्छ भने छैन?त्यो कसरी भयो? सबैको साझा प्रश्नका बीच अस्पताल परिसरमा आज दिन भर नाराबाजीका साथ धर्नामा रहेका थिए । अस्पतालको नियमित सेवालाई कुनै बाधा नपुर्याइ धर्नाकर्ताहरुले अस्पताल प्रसासनलाई चेतावनी दिइरहेका थिए ।
इबामुरा अस्पतालले मरि सक्यो भनिएका विरामी विगत ६ दिन देखि नर्भिक अस्पतालले जिउँदै रहेको भन्दै भेन्टिलेटरमा राखी उपचार गरिरहेको भाइ विजेस लाखाले बताए । नर्भिक अस्पतालले रगतको प्रवाह रोेकेका कारण मस्तिष्कमा क्षति पुगेकोले यसैं भन्न नसकिने जवाफ दिएको छ ।
इवामुराले मृत्यु भयो भनी थप उपचार नगरेकाले र अस्पतालमा खासै सुविधा नभएकाले सिकर्मी पेशा गर्ने लक्ष्मीकुुमार अन्तिम अवस्थामा पुुगेको ठहर स्थानीय बासिन्दाको छ । उनीहरु भन्छन्,‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको उपचार किन नर्भिकमा जीउँदै छ भन्दै इवामुरा अस्पतालकै रिफरमा उपचार भइरह्यो त ?’
चिकित्सकको लापर्वाहीले गर्दा र इन्डोस्कोपीको खराबी एवम इवामुरा अस्पतालको हेलचक्रयाँइका कारण सामान्य फर्निचरको काम गर्ने भक्तपुरका च्याम्हासिंहमा बस्ने लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा परेपछि उनको परिवार नै जोखिममा परेको छ ।
हामीले पटक पटक इवामुरालाई के भएको हो र कसरी भएको हो भनेर जान्न फोनमा कुरा गर्दा र अस्पतालमा भेट्न खोज्दा समय नदिने र फोनमा पनि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने गरेका कारण जनताको स्वास्थ्य अधिकार र जनस्वास्थ्य ऐनको प्रत्याभुतिका लागि हामी बाध्य भएर दबाबमुलक कार्य गर्न वाध्य भएको आन्दोलनरत पक्षका रत्नश्वरी चवालले बताइन् ।
‘एउटा सकुुशल व्यक्ति एकैचोटी कोमामा जानुु आश्चर्यको कुरा हो। त्यसमाथि उपचारको क्रममा के भएको हो भनेर जान्न पाउने प्रत्याभुति जनस्वास्थ्य ऐनले व्यवस्था गरे पनि स्वास्थ्यको व्यापार गर्दै आएको इवामुरा अस्पतालले विरामीको परिवारको भावनामाथि ठेस पुु¥याएको छ । ’, उनले भनिन् ।
सामान्य सिकर्मीको परिवारले कसरी नेपालकै महँगो अस्पतालले शुल्क तिर्न सकिएला ? इवामुराको अस्पतालको लापर्वाहीका कारण नै यो घट्ना भएको हाम्रो ठहर छ। यसर्थ विरामीको निःशुल्क उपचारको व्यवस्था गर्नुुपर्ने माग परिवारले गरेको छ ।
इवामुरा अस्पतालले भने दिनभरी तिमीहरु जे गर्न सक्छौ गर भन्दै प्रहरी दमन गराउने प्रयास गरेको विज्ञप्ति मार्फत जनाएको छ े । तर भक्तपुरबासीको दिनभरीको आन्दोलनपछि वार्ता भएको र बार्ता सकारात्मक हुँदै गएको बताइएको छ ।

विजेस लाखा –भाइ) –९८५१०३६४५६

नविन लाखा –छोरा