नेमकिपा भनपा ७ को प्रथम अधिवेशन उद्घाटन, कामजोरी नगर्न र आलोचना देखिन नडराउन, नेमकिपा अध्यक्ष विजुक्छेको निर्देशन

नेमकिपा भनपा ७ को प्रथम अधिवेशन उद्घाटन, कामजोरी नगर्न र आलोचना देखिन नडराउन, नेमकिपा अध्यक्ष विजुक्छेको निर्देशन
भक्तपुर,
नेपाल मजदुर किसान पार्टी भनपा ७ को प्रथम वडा सम्मेलनको उद्घाटन गर्नु हुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले राजनैतिक कार्यकर्ताहरु आलोचना देखि डराउन नहुने बरु कमजोरी देखिने बितिक्कै औल्याई दिन सके भने मात्रै सक्षम हुने र सत्रुसँग पनि लड्न सक्ने बताउनु भयो । जनतालाई क्रान्तिकारी बनाउन राजनैतिक गतिविधिहरुको आवश्यकतामा जोड दिनुहुँदै उहाँले पृथ्वी नारायण शाहले भक्तपुर आक्रमण गर्दा एक्कै रातमा २२ सय भक्तपुरबासीको हत्या गरेको स्मरण गर्नु गनुृ भयो ।

उहाँले सत्रुको अगाडी लड्न सक्ने गरी विभिन्न खेलकूद सहित गतिविधि गर्नुपर्नेमा जोड दिएका हुन । नेमकिपाका जनप्रतिनिधीहरुले इमान्दारिताका साथ काम गर्न नसक्दा पार्टीमाथि नै प्रश्न उठ्ने भएकाले कमजोरी नहुने गरी काम गर्न सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । आफु युवा अवस्थामै वडाध्यक्ष हुँदा आफुखुसि सिफारिस नदिई समुदायका अग्रजहरुको सल्लाह अनुसार मात्र काम गरेको स्मरण गर्दै नेमकिपाले जितेको भक्तपुर नगरपालिकाकालागि प्रदेश सरकार र केन्द्रीय सरकारहरुले पनि बजेट नदिई पक्षपातपूर्ण कार्य गर्ने गरेको प्रति आपति जनाउँदै उहाँले पार्टीलाई पनि सहकारीको वार्षिक साधारण सभा जस्तै साधारण सभा र अधिवेशन गरेर सुधिकरण गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नेमकिपा भक्तपुरका अध्यक्ष एवं वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले बाल्यकाल देखि नै राजनैतिक संस्कार र नैतिक शिक्षा दिएर इमान्दार नयाँ पुस्ता तयार गर्नुपर्नेमा जोड दिदै उहाँले सत्तासिन दलहरु अहिले बजेट आफ्नो पक्षमा पार्न लुछाचुडी गर्दै रहेको चित्रण गर्नुृ भयो । राजनैतिक इमान्दरिता नभएका सत्तासिन दलहरुको कारण राजनैतिक अस्थिरता आइरहेको उल्लेख गर्दै नेमकिपाका नेता कार्यकर्ता जस्तै राजनैतिक दलहरु इमान्दार हुन सके मात्र देश सप्रिने बताउनु भयो । नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले सत्ताधारी दलहरुले देशलाई बैदेशिक ऋणमा डुवाएर युवाहरुलाई विदेशमा पठाएर देशलाई कमजोर बनाएको चर्चा गर्दै उहाँले नेमकिपाले इमान्दारितका साथ सदन देखि सडकसम्म समाजवादी अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्नु भयो भने नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले अग्रज कार्यकर्ताहरुको योगदानबाट नेमकिपाले देश र जनताको पक्षमा विगत ५० औं वर्ष देखि राजनीति गर्दै आएको बताउनु भयो । सो अवसरमा वडा अधिवेशनसँगै पार्टीको केन्द्रीय अधिवेशन आगामी फागुण १६, १७ र १८ गते हुने जानकारी समेत दिएको सो कार्यक्रममा नेमकिपा भनपा ७का अध्यक्ष कृष्णगोविन्द खाईजूको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रममा धर्म लघु र बलराम गोसाइले पनि बोल्नु भएको थियो । कार्यक्रममा अग्रज कार्यकर्ताहरुलाई फुलको गुच्छाद्वारा सम्मान व्यक्त गर्दै नयाँ नेतृत्व चयनकालागि अहिले अधिवेशन जारी रहेको आयोजक समितिका बलराम गोसाईले जनाएको छ ।